एक महिलालाई सामूहिक वलत्कार गरेको आरोपमा प्रहरीले पोखराको अमरसिंहचोकवाट ३ जना युवाहरुलाई पक्राउ गरेको छ । यही वैशाख २४ गते राती पोखरा महानगरपालिका वडा नं १० अमरसिंहचौरमा पार्किङ गरेको वसमा एक जना महिलालाई ललाई फकाई लगेर ३ जना युवाले पालैपालो जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । मादी गाँउपालिका ९ का ३६ वर्षका चन्द्र बहादुर थापा, सोही गाँउपालिका वडा नं १२ भगवतीटारका ३८ वर्षका कृष्ण रानाभाट र मादी १२ भगवती टारकै २९ वर्षका बिनोद परियार ले खाजा खान जाम भनी ती महिलालाई ललाई फकाई गरी खेलकुद मैदानमा पार्किङ गरी राखेको ग १ ख ६५९५ नम्बरको बस भित्र लगेर बियर समेत सेवन गर्न लगाई तिनै जनाले पालैपालो जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
उनिहरुलार्ई सिआरवि अमरसिंहचोकमा खटिएको प्रहरी टोलिले वैशाख २५ गते बिहान ४ वजे पक्राउ गरेको थियो । उनिहरुलाई पक्राउ गरि वडा प्रहरी कार्यालय रामवजारमा वुझाएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी वसन्त कुमार शर्माले वताए । उनिहरु तिनै जनालाई कास्की जिल्ला अदालतबाट जवरजस्ती करणी सम्बन्धी कसूर मुद्दा अन्तर्गत कारवाही अगाडि वढाईएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।