पोखरा आषाढ १८,
पोखरा महानगरपालिकाले महानगरपालिकाले तोकेको मापदण्ड पुरा गरेर मात्रै मासु ब्यवसाय सञ्चालन गर्न ब्यवसायीहरुलार्ई आग्रह गरेको छ । वजारमा विक्रि गरिने मासुको गुणस्तरियता तथा सरसफाई माथि प्रश्न उठिरहेको सन्दर्भमा पोखरा महानगरपालिकाले मापदण्ड परा गरेर मात्रै व्यवसाय सञ्चालन गर्न ब्यवसायीहरुलाई आग्रह गरेको हो । मासु व्यवसायीहरुले पशुबध तथा मासु जाँच ऐन २०५५, पशुबध तथा मासु जाँची नियमावली २०५७, महानगरपालिका मासु जाँच निर्देशिका २०६८ तथा महानगरपालिका पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०७७ बमोजिम आवश्यक मापदण्ड पुरा गर्नु पर्नेछ ।
मापदण्ड नपुगेका फ्रेस हाउस हरुलाई महानगरपालिकाले तोकेको मादण्ड पुरागरी असार मसान्तसम्म महानगरमा दर्ता हुन निर्देशन गरेको छ । मानब स्वास्थमा गम्भीर असर पर्ने मासुजन्य ब्यबसायमा हेलचक्याई नगर्न सम्पूर्ण मासु ब्यबसायिहरुलाई महानगरपालिकका प्रमुख धनराज आचार्यले अनुरोध गरेका छन् । महानगरपालिकाले असार मसान्त भित्र मापदण्ड पुरा नगर्ने ब्यवसायीहरुलाई कारवाही गरिने समेत जनाएको छ ।
यसै बिच महानगरपालिकाले प्रचलित कानुन अनुसार मापदण्ड पुरा गरी व्यवसाय सञ्चालन गरिरहेका मासु व्यवसायीहरूलाई वैधानिकताको परीक्षण पश्चात एकै प्रकारको बोर्ड समेत उपलब्ध गराएको छ । आईतवार महानगरपालिकाले ७० बढी व्यवसायीहरूलाई बोर्ड सहित मासु काट्ने चक्कु, एप्रोन र टिसर्ट, बुट, पन्जा र मास्क, सरफ, फिनेल र लिजा ५–५ लिटर साथमा परिचय पत्र पनि वितरण गरेको छ ।
पशुबध तथा मासु जाँच ऐन २०५५, पशुबध तथा मासु जाँच नियमावली २०५७, महानगरपालिका मासु जाँच निर्देशिका २०६८ तथा महानगरपालिका पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०७७ बमोजिम आवश्यक मापदण्ड पुरा गरेका वयवसायीहरुलाई पहिलो चरणमा यस प्रकारको सहयोग गरिएको महानगरपालिकाले जनाएको छ । सो अवसरमा महानगरपालिकका प्रमुख आचार्यले
व्यवसायीहरूलाई प्रदान गरिएको बोर्ड र परिचय पत्रको आधारमा यो महानगरपालिकाले सर्टिफाई गरेको अनुमति प्राप्त पशल हो पशल हो भन्ने कुरा प्रमाणित हुने वताए । साउनको १ गतेभित्र आफ्नो पसलमा आवश्यक कुराहरूको प्रबन्ध गरेर मापदण्ड परा गर्न तर्फ लाग्न ब्यवसायीहरुलार्य प्रमुख आचार्यले आग्रह गरे । श्रावण १ गते पछि महानगरपालकाले वितरण गरेका वोर्ड नराखिएका पशलहरुमा पसलमा मासु नकिन्न सार्वजनिक आह्वान गर्न समेत गर्ने आचार्यले वताए । महानगर क्षेत्रका उपभोक्ताहरूको स्वास्थ्य रक्षाका लागि महानगरपालिका गम्भीर र प्रतिबद्ध रहेको वताउदै प्रमुख आचार्यले कुनै पनि बाहानमा उपभोक्ताको स्वास्थ्य माथिको खेलबाड स्वीकार्य नहुने चेतावनी दिए ।उप प्रमुख उपप्रमुख मन्जुदेवी गुरुङले महानगर क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालित मासु व्यवसायीहरूलाई नियमन गर्न समेत यस प्रकारको कार्यले महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा सहभागी कृषकहरूले कृषि व्यवसाय र यसको प्रवद्र्धन सहित कृषकहरूको हौसला बढाउने कार्यमा महानगरपालिकाले चालेको कदमको प्रशंसा गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।