पोखरा मंसीर २४,
पोखरा महानगरपालिका वडा नं – १५ ले मासिक रूपमा आयोजना गर्दै आइरहेको वृहत् सरसफाइ कार्यक्रमको छैटौं श्रृंखला आज सम्पन्न गरेको छ ।
‘हाम्रो वडा,राम्रो वडा’ भन्ने अभियान स्वरूप वडाले मासिक रूपमा आयोजना गर्दै आइएको वृहत् सरसफाइ कार्यक्रम सेन्टमेरिज चोक, प्रतिभा टोल, कान्तिपुर मार्ग, नागबेली मार्ग, बनक्याम्पस गेट हुँदै हरियो खर्क गेट अगाडी पुगेर सम्पन्न भएको थियो ।

सरसफाइ कार्यक्रममा टोलवासी, आमा समूह, युवा क्लब, नागरिक समाज लगायत राजनीतिक दलको पनि सहभागिता रहेको वडा अध्यक्ष तोरण वानियाले वताए ।
आफ्नो घर अगाडी र टोल सफा राख्न सकेमा स्वच्छ र स्वस्थ्य हुन सकिने भन्दै परिवारमा एक जना सदस्य मात्र बिरामी भए सिङ्गो परिवार मानसिक तनावमा हुने र केही गर्न नसक्ने हुँदा परिवार राम्रो हुनका लागि आफ्नो टोल सफा राख्न वडावासीलाई अध्यक्ष वानीयाले अनुरोध गरेका थिए । बानियाँले सरसफाइ अभियानका लागि मात्र वडाले यस वर्ष १७–१८ लाख बजेट बिनियोजन गरेको भन्दै टोल–टोलमा डस्टबिन वितरण लगायत फोहोर वर्गीकरणका लागि तालिमहरू सञ्चालन गरिने बताए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।