पोखरा चैत्र २५,
गण्डकी प्रदेश सभामा नेकपा माओवादी केन्द्रका नेता हरिवहादुर चुमान सत्ता गठवन्धनवाट गण्डकी प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी थिए । उनले मुख्यमन्त्री वन्नका लागि निक्कै कोशिस पनि गरे । प्रधानमन्त्री तथा पार्टि अध्यक्ष प्रचण्डलाई भेट्न एक समूह लिएर काठमाण्डौमा डेलिगेसन पनि गए । प्रचण्ड पोखरा आउदा माओवादी पार्टिले पनि उनको पक्षमा लविङ पनि ग¥यो । प्रचण्डले पनि मुख्यमन्त्री वनाउने आश्वासन दिए । तर चुमान मुख्यमन्त्री हुन पाएनन् । पृथ्वी सुव्वा गुरुङ मुख्यमन्त्री भएका वेला देखि मुख्यमन्त्री हुन कोशिस गरेका चुमान यस पटक मुख्यमन्त्री आफ्नो भागमा परिहाल्छकी भन्नेमा आशावादी थिए तर केन्द्रिय स्तरमा मुलुकभरिको भागवण्डामा चुमान पछाडि परे । अन्य प्रदेशको तुलनामा गण्डकीका चुमान गणनामानै आएनन् । र उनि मुख्यमन्त्रीको सूचीवाट वाहिरिए । यसरी मुख्यमन्त्रीको दावेदारको रुपमा रहेका चुमान अहिले भने मन्त्रीमा गएका छन् त्यो पनि विना विभागिय । मुख्यमन्त्रीको दावेदारको रुपमा रहेका चुमानले माओवादीवाट अन्य नेताहरुलाई सरकारमा पठाएर आफु वाहिर पनि वस्न सक्दथे वेटिङ मुख्यमन्त्री भएर वस्न सक्दथे तर तर उनले त्यसो नगरि पदलालुपता देखाएको भन्दै चुमानको आलोचना भएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।