पोखरा पौष २५,
गण्डकी प्रदेशका नव नियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री अधिकारीलाई सपथ ग्रहण गराएका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले आज नै ३ जनालार्ई मन्त्रीमा नियुक्त गरेका छन् । यसरी नियुक्त हुनेहरुमा नेकपा माओवादी केन्द्रका हरि वहादुर चुमान, नेकपा एमालेकी सिता सुन्दास र राप्रपाका पञ्चराम गुरुङ रहेका छन् । उनिहरुलाई मुख्यमन्त्री अधिकारीको उपस्थितीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सपथ ग्रहण गराएका थिए । उनिहरुको मन्त्रालय भने तोकिएको छैन ।
यस अधि नेकपा एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारीले नेकपा एमालेका २२, नेकपा माओवादी केन्द्रका ८, राप्रपपाका २ र स्वतन्त्र सांसद राजिव गुरुङ सहित ३३ जनाको समर्थन रहेको दावी प्रदेश प्रमुख गुरुङ समक्ष गरेपछि अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।