पोखरा माघ ७,
नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले पोखरा मुग्लिन सडक खण्डको पश्चिम खण्डको काम प्रति असन्तुष्ठि ब्यत्तत गरेका छन् । समाजवादी प्रेस संगठन कास्कीले हालै पोखरामा आयेजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक तथा पोखरा मुग्लिन सडक खण्डका आयोजना प्रमुखहरु समेत लाई संगै राखेर सडक खण्डको कामको प्रगति सुनाएका मन्त्री ज्वाला पोखरा मुग्लिन सडक अन्तर्गतको पूर्वि खण्डको काम तिव्र रुपमा अगाडि वढेको भएपनि पश्चिम खण्डको कामले हाल आएर मात्रै गति लिएको वताए । पोखरा मुग्लिन सडक खण्डको स्थलगत निरिक्षणको क्रममा पोखरा आएका मन्त्री ज्वालाले शुक्रवार पोखरा देखि जामुने सम्मको स्थलगत निरिक्षण गरेका थिए । पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री ज्वालाले सो खण्डको ५ किलोमिटर सडक फेव्रुअरी सम्म कालोपत्र सकिने वताए । आफुले निर्माण भईरहेको सडकको एक साईड सकेर अर्को साईडको काम थाल्न निर्देशन दिएको पनि वताए । सो सडक खण्डमा १२० वटा कल्भर्ड मध्ये ३८ वटा सम्पन्न भएका र १२ वटा पुल मध्ये १० वटा पुलको काम भईरहेको मन्त्री ज्वालाले वताए । कामको प्रगति निरासाजनक रहेको उक्त खण्डको ठेक्का तोड्ने अवस्थामा पुगेको वताउदै हालको कार्य प्रगति हेर्दा अव काम अगाडि वढ्नेमा मन्त्रालय विश्वस्त रहेको मन्त्री ज्वालाले वताए । उक्त सडक खण्डमा विजुलीका पोल सार्न र राईट अफ द वे क्लियर गर्नमा केन्द्रित हुने मन्त्री ज्वालाले वताए । सेती नदिमा वन्न लागेको सिग्नेचर पुल र पोखरा मुग्लिन खण्डको दुवै तर्फको सडक निर्माणको कार्य प्रगति के कति भएको छ भनेर दैनिक रुपमा प्रत्येक दिनको कार्य प्रगति सम्वन्धि रिपोर्ट कार्ड सडक विभागमा उपलव्ध गराउने गरि आफुले निर्देशन दिएको मन्त्री ज्वालाले वताए । पटक पटक अनुगमानमा आउने र कामका लागि दवानै दिएर काम गराउने गरि मन्त्रालय लागेको भन्दै मन्त्री ज्वालाले परिणम निस्कने गरि काम गर्न लगाउने वताए ।
उता पूर्वि खण्डको भने साडे ४१ किलोमिटर सडक खण्डमा २५ किलो मिटर कालो पत्रे सकिएको त्यस मध्ये १८ किलोमिटर एक तर्फि र ७ किलो मिटर दुवै तर्फी कालोपत्रे सकिएको मन्त्री जवालाले वताए । डुम्रे खण्डका घर टहरा हटाउने काम सकिएको र दमौली खण्डका घर टहरा हटाउने सम्वन्धमा पहिलो चरणको क्षती पूर्ति दिई सकिएको र वाँकी क्षती पूर्ति घर टहरा हटाईसकेपछि उपलव्ध गराईने मन्त्री ज्वालाले वताए । प्रमुख जिल्ला अधिकारी , स्थानिय तहका जनप्रतिनिधिहरु र सरोकालवालाहरुको संयुक्त छलफलमा छिट्टै घर टहरा हटाउने सहमति भएको पनि मन्त्री ज्वालाले वताए ।
मन्त्री ज्वालाले पुष्पलाल मद्यपाहाडि राजमार्गमा देखिएको समस्या समाधान हुने चरणमा रहेको वताए । समस्या समाधानका लागि गठित समितिले प्रतिवेदन वुझाएपछि उपभोत्ताहरु संग वसेर समस्या समाधान गरिने भन्दै मन्त्री ज्वालाले उक्त सडकको कास्की खण्डमा देखिएको समस्याको व्रेक थ्रु हुने वताए । कास्की खण्डको समस्या समाधान भएपछि पूर्व पश्चिमनै उक्त सडकको समस्या समाधान हुने वताए । सवारी चालक अनुमति पत्रमा लामो समय देखि कार्ड नपाउने समस्या अव समाधान भएको वताउदै आउन वाँकी १२ लाख कार्ड मध्ये ६ लाख कार्ड आईसकेको र यो ६ लाखको भुत्तानी भएपछि अर्को ६ लाख कार्र्ड आउने भन्दै पुराना र नयाँ सवैलाई कार्ड वितरण गरिने मन्त्री ज्वालाले वताए । १८ लाख कार्डको नयाँ ठेक्का पनि भईसकेको भन्दै अव लार्ईसेन्स कार्ड नपाउने समस्या पूर्ण रुपले समाधान हुने वताए । अघिल्लो वर्षको वाँकी भुक्तानी क्लियर गर्ने काम प्रारम्भ भईसकेको भन्दै अव गत वर्षको भुक्तानी भएन भन्ने अवस्था नरहने समेत वताए । सो अवसरमा पोखरा मुग्लिन सडक खण्ड अन्तर्गको पश्चिम खण्डका आयोजना प्रमुख राजेश प्रसाद पौडेलले करिव ८० प्रतिशत समय व्यतित हुँदा कार्य प्रगति भने जम्म १४ प्रतिशत मात्रै भएको भन्दै म्याद नथपि अव वाकी रहेको २० प्रतिशत समयमा काम सम्पन्न गर्ने गरि लाग्ने वताए । पूर्वी खण्डका आयोजनाका ईन्जिनियर श्याम कुमार यादवले २०२४ सम्म पूर्वि खण्डको सवै काम सम्पन्न हुने वताए । समाजवादी प्रेस संगठन कास्कीका अध्यक्ष रुद्र वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भिम थापाले गरेका थिए ।

 

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।