पोखरा मंसीर ३,
भोली मंसीर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा मुलुकभरीवाट १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जनाले मताधिकार प्रयोग गर्न पाउने छन् । मतदाता नामावलीमा नाम लेखाएका र मंसीर ३ गते १८ वर्ष पुगेका नेपाली नागरिकले मतदान गर्न पाउने ब्यवस्था अनुरुप निर्वाचन आयोले प्रकाशित गरेको तथ्याङ्क अनुसार मुलुकभरीका ९१ लाख ४० हजार ८सय ६ जना पुरुष, ८८ लाख, ४७ हजार ५ सय ७९ महिला र १८५ जना अन्य गरि १ करोड ७९ लाख ८८ हजार ५ सय ७० जना यो निर्वाचनमा सहभागि हुन पाउने भएका हुन् ।
निर्वाचन आयोगको तथ्याङ्कमा प्रदेश नं १मा १६लाख ४७ हजार ५ सय ६१ महिाल, १६ लाख ९९ हजार ८०० पुरुष र २३ जना अन्य गरि ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेका छन् । मधेश प्रदेशमा १३ लाख ३२ हजार ६सय ४० महिला, १५ लाख ७७ हजार ३ सय १७ पुरुष र ६६ जना अन्य गरि २९ लाख १० हजार २३ जना मतदाता रहेका छन् । त्यसै गरि बाग्मती प्रदेशमा १७ लाख ७ हजार ९ सय ४२ महिला, १७ लाख ४ हजार ८ सय ९८ पुरुष र २९ जना अन्य गरि ३४ लाख १२ हजार ८ सय ९६ मतदाता रहेका छन् । लुम्बिनी प्रदेशमा १६ लाख ३७ हजार १३२ पुरुष, १२ लाख १२ हजार ४७१ महिला र ३४ अन्य मतदाता गरि ३२ लाख २९ हजार ६ सय ३७ मतदाता रहेका छन् । गण्डकीमा ८ लाख ८२ हजार ३२९ पुरुष, ९ लाख ३५ हजार २०१ महिला र ११ अन्य गरी कूल १८ लाख १७ हजार ५४१ जना मतदाता रहेका छन् । त्यसै गरि कर्णाली प्रदेशमा ५ लाख १० हजार ४२० पुरुष, ४ लाख ९७ हजार महिला र ३ जना अन्य मतदाता गरी कूल १० लाख ८ हजार ४०३ जना मतदाता रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा ८ लाख १५ हजार २१२ पुरुष, ८ लाख ४२ हजार ७७४ महिला र १८ अन्य गरी कूल १६ लाख ५८ हजार ४ मतदाता रहेका छन् । बाग्मती प्रदेश सवै भन्दा वढि मतदाता भएको प्रदेश हो भने कम मतदाता रहेको प्रदेश कर्णली प्रदेश रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।