पोखरा चैत्र २२,
निर्वाचन आयोगले आगामी २०८१ साल वैशाख १५ गते हुने उप निर्वाचनको प्रायोजनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । स्वीकृत मतदता नामावली बमोजिम देशभरको विवरण अनुसार मिति २०८१÷०१÷१४ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरू मध्ये महिला मतदाता ८८ लाख ८६ हजार २ सय २६, पुरुष मतदाता ९२लाख २हजार ,५सय ६९ र अन्य मतदाता १८८ गरी कूल १ करोड ८० लाख ८८हजार ९ सय ८३ मतदाताको नाम अन्तिम मतदाता नामावलीमा समावेश भएको निर्वाचन आयोगले जनाएको छ । यस विवरण अनुसार सबैभन्दा बढी मतदाता मोरङ जिल्लामा र सबैभन्दा कम मतदाता मनाङमा रहेका छन् । मोरङमा महिला मतदाता ३लाख ६२हजार ९७३ , पुरुष मतदाता ३लाख ७६हजार ४११ र अन्य मतदाता ६ गरी जम्मा ७ लाख ३९हजार ३९० र मनाङमा महिला मतदाता ३हजार ५३० र पुरुष मतदाता ३ हजार ३१९ गरी जम्मा ६हजार ८४९ मतदाता रहेका छन् ।
२०८० साल वैशाख १० गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८० मा महिला मतदाता ८८ लाख ५२ हजार ,०४६, पुरुष मतदाता ९१ लाख ४९हजार, ३३५ र अन्य मतदाता १८५ गरी जम्मा १करोड ८०लाख १ हजार ५६६ मतदाता रहेका थिए । हल ८७ हजार ४ सय १७ मतदाता थप भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्रम शर्मा पौडेलद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।
उक्त निर्वाचनमा इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा १लाख १५ हजार ४६७ र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६१हजार १ सय १० मतदाता रहेकोमा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ मा ४२२ मतदाता थप भएका छन् । अव ईलाम जिल्ला निर्वाचन क्षेत्र नं २ मा १लाख १५हजार ८ सय ८९ मतदाता कायम भएका छन् भने बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं १ मा ६३८थप भई ६१,७४८ मतदाता कायम भएको आयोगले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।