नेकपा एमालेका उप महासचिव प्रदिप ज्ञावालीले गठवन्धनको सरकारका कारण मुलुक बहु आयामिक संकट तर्फ लागेको वताएका छन् । प्रेस चौतारी नेपाल कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै ज्ञावालीले मुलुकका संवैधानिक अंगहरु ओरालो लागेको, बाह्य सम्वन्धमा विचलन आएको, युवहरुमा देश वन्दैन , नेपालमा वसेर केही पनि हुदैन भन्ने भावना जागृत भएको, भ्रष्टाचार ब्याप्त भएको, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सरकारकै मान्छेहरुको सेटिङ हुने गरेको, र यो संकटले मुलुकमा व्यापक असन्तुष्ठि वढेको वताए । मुलुक आर्थिक रुपमा चरम संकटमा रहेको, उद्योगी व्यवसायीहरु उद्योग व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको, शहर वजारमा सटरहरु खाली हुन थालेको ब्यवसायीहरुमा चरम निसाशा वढेको अवस्थामा आम जनतामा विश्वास जगाउनुपर्ने सरकारले जनतामा विश्वास जागृत गर्न नसकेको ज्ञावालीले वताए । मुलुकमा समानान्तर अर्थतन्त्र चलेको भन्दै ज्ञावालीले एउटा ढोकावाट विधिवत काम हुने भएपनि अर्को ढोकावाट सेटिङमा काम हुने गरेको आरोप लगाए । सेटिङमा कुईन्टलका कुईन्टर सुन भित्रीईरहेको, उनिहरुलाई वचाउन सरकारनै लागिरहेको, भ्रष्टाचारका ठूला फाईलहरुमा भरियाहरुलाई कारवाही गरेर ठूला मान्छेलाई उन्मुक्ति दिईएकोले प्रधानमन्त्रीको भ्रष्टाचारीलाई कारवाही ग¥यौ भनेर भन्ने काम देखावटी मात्रै भएको ज्ञावालीले वताए । वाँसवारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा प्रकरणमा दोषी देखिएकाहरुलाई छुटाउने प्रप्रञ्च सरकारलेनै गर्न लागेको आरोप समेत ज्ञावालीले लगाएका थिए ।
प्रधानमन्त्री प्रचण्ड र पर्यटन मन्त्री सुदन किराँती खुलेयाम रुपमा मुलुकमा जातिय सद्धभाव खल्वल्याउने काममा लागेको भन्दै एमाले उप महासचिव ज्ञावालीले कोशी प्रदेशमा गएर प्रधानमन्त्री प्रचण्डले पहिचानवादी भन्नेहरुलाई उचालेको आरोप लगाए । सरकार देशकोलागि वोझ भएको भन्दै यो सरकारको विकल्पका लागि एमालेले संसद भित्रका शक्तिहरुसंग सार्थक वर्ता थालेको र सरकारले गरेका आम ब्यथितीको विरुद्धमा ब्यापक जनदवाव श्रीजना गर्नपर्ने आवश्यकतालाई बोध गरेर जनतामा जाने निर्णय गरेको ज्ञावालीले वताए । सरकारले गरेका ब्यथितीले मुलुक वर्वादी तिर जाँदा समेत हाल संसदको अंकगणितले सरकार परिवर्तनको संभावना नरहेको वताउदै ज्ञावालीले भारतिय पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीले एक पटक पत्रकारको प्रश्नको जवाफ दिदै संसदको अंक गणितले आफुहरुलाई परिसानमा पारेको वताएको स्मरण गर्दै ज्ञावालीले यतिवेला संसदको अंक गणितले आफुहरुलाई पनि परिसानमा पारेको वताए ।

 

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।