पोखरा, माघ ७,
मुलुकभरी छरिएर रहेका सुवेदीहरुको संस्था सुवेदी कल्याण प्रतिष्ठान नेपाल (सुकल्प)को चौथो राष्ट्रिय महाधिवेसन यही माघ ७ गते पोखरामा सम्पन्न भएको छ । आफ्ना पुर्खाहरुको गरिमामय ईतिहाँशको खोजी गर्दै बन्धु वान्धवहरुमा सु सम्वन्ध , सदाचार एवं भातृत्वको भावना कयम गर्न तथा मुलुक भरी छरिएर रहेका सुवेदीहरुलाई संगठीत गर्ने उदेश्यले स्थापना भएको सुवेदी कल्याण प्रतिष्ठानको रष्ट्रिय महाधिवेसनको उद्धघाटन नेपाल सरकारका पूर्व मुख्य सचिव सोमलाल सुवेदीले गरेका थिए । मुलुकभरीका ३५ जिल्लावाट करिव ३०० प्रतिनिधिहरुको महाधिवेसनमा सहभागिता रहेको मुल आयोजक समितिका संयोजक डा अनिल सुवेदीले वताए ।
महाधिवेसनको उद्धघाटन गर्दै पूर्व मुख्य सचिव डा. सुवेदीले मुलुकभरी छरिएर रहेका सुवेदी भाई वन्धुहरुलाई एकै सुत्रमा वाध्ने काम सुवेदी कल्याण प्रतिष्ठानले गरेको भन्दै यो प्रशंसनीय कामको अगाुवाई लिने संस्थापकहरु प्रति आभार ब्यक्त गरेका थिए । सुवेदीहरुको उत्पत्ति र वंशावली तयार गरेर आफ्ना दाजु भार्ईहरु बन्धु वान्धवहरुको वारेमा खोजी गर्नुपर्ने आवश्यकता डा सुवेदीले औल्याए । सवेदी कल्याण प्रतिष्ठानलार्ई वलियो र सवल वनाउनका लागि सवै सुवेदीहरुले दिनको १ रुपयाँ छुट्याउनु पर्ने भन्दै डा. सुवेदीले त्यो काम आफुवाट सुरु गर्ने वताए ।
कार्यक्रममा परराष्ट्र विद अरुण कुमार सुवेदीले सुवेदीहरुको ईतिहाँश राजा मानदेवको पालादेखि रहेको वताउदै राजा मानदेवले भरातको बैशालीवाट ल्याएका भरद्धवाज गोत्रिय सुवेदीहरु तत्कालिन अवस्थामा राजाका पुजारी भएको वताए । सुवेदीहरुको बंशावली खाजी गर्नु अति जरुरी रहेको वताउदै सुवेदीले नेपालका सुवेदीहरुको राज्यका हरेक क्षेत्रमा नेतृत्वदायी भूमिकामा उपस्थिती रहेको वताए ।
सुवेदी कल्याण प्रतिष्ठानका कुलाधिपति ऋषि प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा व्रह्कुमारी ईश्वरी विद्यालय नयाँ वजार पोखराका अप्सरा सुवेदी, गण्डकी प्रदेशका शिक्षा सिचव हेमराज सुवेदी, ससस्त्र प्रहरी वलका प्रहरी नायव महानिरिक्षक शम्भु सुवेदी, विराट नगर सुकल्पका अध्यक्ष कृष्ण सुवेदी, पोखरा महानगरपालिका वडा नं ३० का अध्यक्ष दुर्गा सुवेदी , नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदी, दिनेश सुवेदी, खड्ग सुवेदी ,गण्डकी प्रदेश अध्यक्ष देवी सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा स्वागत मुल आयोजक समितिका संयोजक एवं, सुकल्प कास्कीका अध्यष डा. अनिल सुवेदीले स्वागत र केन्द्रिय सदस्य जगत प्रसाद सुवेदीले कार्यक्रमको सञ्चालन गरेका थिए । महाधिवेसनको उद्धघाटनका अवसरमा वटुकहरुले मन्त्रोचारण गरेका थिए । कार्यक्रमको अवसरमा सुवेदी कल्याण प्रतिष्ठानलार्ई आर्थिक सहयोग गर्नेहरुलार्ई सम्मान गरिएको थियो । महाधिवेसनले कुलाधिपति, महासचिव तथा कोष रक्षकले पेस गरेका प्रतिवेदनहरु पारित गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।