पोखरा ,
नेकपा एमाले केन्द्रीय सदस्य एवम् कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराईले मुलुक र जनतप्रति जिम्मेवार भएर काम गर्ने वताएकी छन् । साविक कृष्ति गाविसबाट पोखरा १७ मा वसोवास गर्दै आएका मतदातासंग शनिवार भएको उम्मेदवार परिचय एवम् अन्तकृया कार्यक्रममा उनले त्यस क्षेत्रको विकास निर्माणमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन् । उक्त क्षेत्रलाई सडक सञ्जालले पोखरा बजारसंग जोड्न बिभिन्न पहुचमार्ग निर्माणमा जोड दिंदै आएको बताउँदै भट्टराईले सडक सुविधाले बजारिकणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेकी थिईन् ।
सो अवसरमा निर्वाचन क्षेत्र नं. २ (१) का एमाले उम्मेदवार भिमबहादुर कार्कीले राष्ट्र र समाजप्रति समर्पित हुँदै जनभावना अनुसार प्रतिवद्ध भएर काम गर्ने विश्वास व्यक्त गरे । पार्टीको घोषणापत्र, गण्डकी प्रदेशको प्रतिवद्धतापत्रका अनुसार समृद्धिको अभियानमा जुटने कार्कीले वताए । मित्रमिलन टोल विकास संस्थाका अध्यक्ष चित्रप्रसाद पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।