पोखरा चैत्र २५,
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापामगरको उपस्थितीमा हिमाल पारीको जिल्ला मुस्ताङमा सुरक्षा बैठक वसेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीको अध्यक्षतामा वसेको सुरक्षा वैठकमा मन्त्री गाहा थापामगरले जनता र सेवाग्राहीहरुको गुनासोलाई ढिलासुस्ती, आलटाल नगरिकन छिटो छरितो,गरि सम्बन्धित कार्यालयहरुबाट समाधान गर्न र परिणाममुखी काम गर्न निर्देशन दिएका थिए ।
बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी, नेपाल प्रहरीका गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक बुद्धिराज गुरुङ, नेपाली सेनाका प्रमुख सेनानी इन्द्रराज गुरुङ, सशत्र प्रहरी बल नेपाल नम्बर ३३ गुल्म मुस्ताङका सशत्र प्रहरी नायब उपरीक्षक यज्ञमान साउद, जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रविन्द्रनाथ पौडेल र राष्ट्रिय अनुसन्धान व्यूरोका मुस्ताङ प्रमुख मदन पौडेल, आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव सुरण शर्मा पौडेल र चण्डिका पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकान्त बस्नेत तथा सुचना अधिकारी शिव लम्सालको सहभागिता रहेको थियो । बैठकमा हिमाली क्षेत्र मुस्ताङ जिल्लाको शान्ति सुरक्षा, अपराधिक त्रियाकलाप, ठगी चोरी निकासी, सेवाग्राहीको गुनासो, यातायात, कोरला नाका, सीमा स्तम्भको सुरक्षा, भ्रष्टाचार निवारण, वन्यजन्तु चोरी शिकारी, पर्यटकीय गतिविधि, धार्मिक स्थलमा आउने भक्तजनहरु, प्राकृतिक विपद् लगायत विविध विषयमा छलफल भएको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी तथा ४ वटै सुरक्षा निकायका प्रमुखहरुले शान्ति सुरक्षा लगायत अन्य विविध विषयमा ब्रिफिङ गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।