पोखरा वैशाख २७,
श्री मोहरपानी आदर्श टोल बिकास संस्था पोखरा १३ आर्वाको शनिवार सम्पन्न भएको चौथो अधिवेशनले श्रीराम सिग्देलको अध्यक्षतामा १५ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
संस्थाको उपाध्यक्षमा श्रीराम बराल, सचिवमा शिबराज बराल, सहसचिवमा बद्रीप्रसाद देबकोटा तथा कोषाध्यक्षमा सुमित्रा बराल (नमुना) छानिएका छन् ।
त्यसैगरी सदस्यहरुमा सूर्यबहादुर सिग्देल, राजनकुमार सिग्देल, केशबराज बराल, शंकर बराल, गोपिनाथ बराल, अनिता परियार क. तारानाथ सिग्देल र अनिता परियार ख. चुनिएका छन् । संस्थामा दुई सदस्य पछि कार्यसमितिले मनोनित गर्ने बताईएको छ ।
श्रीकान्त सिग्देलको संयोजकत्वमा रामजी सिग्देल, कृष्णप्रसाद बराल, प्रकाश सिग्देल तथा मोहन सिग्देल सदस्य रहेको निर्वाचन समितिले अधिवेशन सम्पन्न गराएको थियो ।
अधिवेशनका प्रमुख अतिथि पोखरा महानगरपालिका वडानं १३ का अध्यक्ष किरण बरालले वडाको समग्र बिकाशमा यस्ता संस्थाहरुको महत्वपूर्ण भूमिका रहने भन्दै सहकार्य गर्दै अगाडि बढ्ने बताए । संस्थाका अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा संस्थाका सल्लाहकारहरु ऋषीराम सिग्देल, नरबहादुर बराल, कृष्णप्रसाद बराल, आदर्श सहकारी संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद बराल, जेष्ठ नागरिक कल्याणकारी संस्थाका अध्यक्ष बलराम सिग्देल, जागरण आमा समुहकी अध्यक्ष लक्ष्मी देबकोटा, आदर्श अर्घानिक कृषक समूहका अध्यक्ष शिबप्रसाद बराल, वास्थला गनगने पँधेराखोला खानेपानी समितिकी कोषाध्यक्ष मधु बराल, लक्ष्मीनारायण टोलका अध्यक्ष अशोक बराल, ऐश्वर्य टोलका अध्यक्ष बुद्धिराज बराल, भीरपानी सिस्नेपानी समितीका अध्यक्ष बुद्धिप्रसाद बराल, अर्धनारेश्वर टोलका कोषाध्यक्ष गोबिन्दप्रसाद बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाका अध्यक्ष श्रीराम सिग्देल द्वारा प्रस्तुत वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष सुमित्रा बराल (नमुना ) द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष श्रीराम बरालले स्वागत तथा सहसचिव बद्रिप्रसाद देबकोटाले कार्यक्रम सञ्चालन गरेका थिए ।
यसैबिच संस्थाका सल्लाहकार एवं समाजसेवी नरबहादुर बरालद्वारा अध्यक्ष श्रीराम सिग्देल मार्फत श्रीराम मन्दिर संरक्षण तथा मन्दिरको स्तरोन्नतीमा सहयोग पुग्ने हेतुले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामजी सिग्देललाई नगद ११ हजार एक सय ११ रुपयाँ सहयोग प्रदान गरेका थिए ।