पोखरा माघ २८,
पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजावदीका सम्मानित नेता झलनाथ खनालले वर्तमान गठवन्धनको सरकार मौषमी भएको वताएका छन् । शनिवार विहान समाजवादी प्रेस संगठन नेपाल कास्की शाखाले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै खनालले यो गटवन्धन मौषमी भएको र मौषम वदली भएपछि गठवन्धन पनि परिवर्तन हुने वताए । यो गठवन्धनवाट मुलुकमा समाजवादी नआउने वताउदै पूर्व प्रधानमन्त्री खनालले गठवन्धन सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको वताए । गठवन्धन सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न सकेको छैन प्रधानमन्त्री पुष्पकमल दाहाललाई अझै पनि राम्रो काम गर्न अनुरोध गर्न चाहन्छु खनालले भने । सत्तामा वस्ने दलहरुले राम्रो काम गर्न नसकेको कारण राजावादीहरुको चुरी फुरी वढेको वताउदै खनालले मुलुकलाई यथास्थितीवाट मुक्त गर्नुपर्ने वताए । यसका लागि कोर्ष परिवर्तनको आवश्यकता भईसकेको खनालले वताए । जनताले सधैभरी पुराना राजनितीक दलहरुलार्ई साथ दिदै आएको भएपनि नेताहरुले जनताको साथ छोडेकाले जनतामा असन्तुष्ठि वढेको वताउदै खनालले कोर्ष परिवर्तन गरेर नयाँ ढंगले अगाडि वढेका फेरी पनि जनताले पुराना दलहरुलाईनै साथ दिने खनालले वताए ।
मुलुकमा दलाल पूजीवाद हावी भएको वताउदै दलाल पूजीवादले भ्रष्टाचार वढाएको, असमानता वढाएको उद्योग धन्दालाई वर्वाद पारेको , कमिशनखोरीको वृद्धि भएको, वैदेशिक हस्तक्षेप वढेको र यसले समाजवादमा जाने वाटो रोकेको वताउदै दलाल पूजीवादको अन्त्य गरि समाजवादले मात्रै मुलुकको हरेक क्षेत्रको उन्नतति र प्रगति हुने खनालले वताए । मुलुकमा कृषि उद्योग, पानी उद्योग, कपडा उद्योग, खानी उद्योग, लगायतका उद्योगहरु मौलाउनुपर्नेमा मान्छे वेच्ने उद्योग फष्टाएको भन्दै खनालले युवाहरु विदेशीएकोमा चिन्ता ब्यक्त गरे । युवाहरु विदेशिदा हाम्रो देशको वुद्धि विदेशिएको, ज्ञान सिप र दक्षता विदेशिएको, र हाम्रो सवै भन्दा ठूलो पूजी विदेशिएको खनालले वताए । युवाहरु विदेशिदा कयौ मानिसका आँखावाट आसु आउनुपर्ने हो तर हाम्रा नेताहरु हाँसेर हिडेको खनालले वताए । शिक्षा र स्वाथ्यमा आमुल परिवर्तन, देशमै औद्योगिकरणको विकास, युवा जनशक्तिको विदेश पलायनलाई रोक्ने निती, र मुलुकमै अवसरहरुको श्रीजना, लगायतका कामहरु तत्कालै गर्नुपर्ने भन्दै खनालले यो दिशामा अगाडि नवढ्ने हो भने मुलुकको अवस्था झनै डरलाग्दो रहेको वताए ।
नेकपा एकिककृत समाजवादी महाधिवेसनको चरणमा रहेको वताउदै खनालले महाधिवेसन पछि यो पार्टि नयाँ सोच र गतिका साथ अगाडि वढ्ने वताउदै नेपालको समाजवादी आन्दोलनको नेतृत्व समाजवादीले गर्ने वताए । नेपालमा कम्युनिष्ट पार्टि गठन भएको ७५ वर्ष पुगेको वताउदै नेपाली जनताले कम्युनिष्टहरुले मात्रै यो मुलुकमा परिवर्तन गर्न सक्दछन् भनेर दिएको दुई तिहाई मत संरक्षण गर्न नसक्नु र १० लाख पार्टि सदस्य भएको नेकपालाई जोगाउन नसक्नु नेताहरुमा दुरदर्शिता र भिजनको कमी भएको वताए । नेपालमा कम्युनिष्ट एकताको अहिले पनि अपरिहार्यता रहेको वताउदै खनालले फेरि नेपाली जनताले कम्युनिष्ट हरु एकता वद्ध भएको हेर्न चाहेको वताए ।