पोखरा फागुन २७,
श्री महाप्रभुधाम रतन पाण्डे पर्यटकिय क्षेत्र विकास समिति, पोखरा १३ आर्वाको पाचौं अधिवेशनले आगामी कार्यकालका लागि नवराज बरालको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सूर्यप्रसाद बराल र भद्रीमाया बराल, सचिवमा भोजराज बराल, सहसचिवमा जगदिश बराल तथा कोषाध्यक्षमा बुद्धिप्रकाश बराल चुनिएका छन् । त्यसैगरि कार्यसमिती सदस्यहरुमा घनश्याम बराल , कृष्ण प्रसाद बराल, नारायणप्रसाद बराल, बिनोद बराल, भोजराज बराल, तारा बराल र सकुन्तला परियार छानिएका छन् ।
यस अघि अधिवेशनको पोखरा महानगरपालिका वडानं १३ का अध्यक्ष किरण बरालले उद्घाटन गरेका थिए । सो अवसरमा वोल्दै वरालले पोखरा १३ को मात्र नभई नेपालकै प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल महाप्रभुधामको संरक्षणमा सबै एक भएर जुट्नु पर्नेे बताए । उनले महाप्रभुधामको गुरुयोजना तयार भएको भन्दै केहि दिनमा पोखरा महानगर पालिकासँगको सहकार्यमा सार्वजनिक गरिने जानकारी दिए । अध्यक्ष बरालले महाप्रभुधाम आर्वा डाँडा भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित भैसकेकोले अब यहाँ निर्माण गर्नुपर्ने सम्पूर्ण संरचनाहरुको काम वडा कार्यालयले धमाधम काम शुरु गर्ने भन्दै यो महाअभियानमा आर्वालीनै सम्पूर्णरुपले लाग्नु पर्ने वताए ।
श्री महाप्रभुधाम रतन पाण्डे पर्यटकिय क्षेत्र विकास समितिका उपाध्यक्ष नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा बिशेष अतिथि वरिष्ठ मुर्तिकार विष्णुप्रसाद बरालले महाप्रभुधाममा अर्धनारेश्वर ॐ को विशाल मुर्ती बनाउने योजना रहेको भन्दै सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए । कार्यक्रममा पत्रकार श्रीराम सिग्देल, समाजसेवी योगराज बराल, समितिका पूर्व सचिव युवराज बराल, निर्वाचन समितिका संयोजक बसन्त शर्मा अधिकारी, सदस्यद्वय बिमलबहादुर बराल तथा लिलादत्त बराल लगायतले आर्वाको डाँडामा रहेको महाप्रभुधामको बिकाशमा सबै एक भएर लाग्नु पर्ने बताएका थिए । समितिका सदस्य कृष्ण प्रसाद बरालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव भोजराज बरालले गरेका थिए ।