पोखरा, जेष्ठ १५ ,
पोखराको फेवातालको किनारमा रहेको रत्न मन्दिर दरवार गणतन्त्रको अवसरमा आज देखी सर्वसाधारणका लागि खुल्ला गएिको छ । तत्कालिन राजा महेन्द्रले पोखरामा आउदा बिश्राम गर्नका लागि रानी रत्नको नाममा एउटा सुविधा सम्पन्न आकर्षक घर वनाए । उक्त घरलाई रात्न मन्दिर दरवार नाम दिईयोे । पोखराको अत्यन्तै मनमोहक फेवातालको किनारामा करिव १११ रोपनी क्षेत्रफलमा रत्न मन्दिर दरवार वनाईयो । रत्न मन्दिरमा पञ्चायतकालमा राजपरिवारका सदस्यहरु आएर वस्ने र बिश्राम गर्ने गर्दथे । मुलुकवाट राजसंस्थाको अन्त्य भएर गणतन्त्र आई सकेको पनि १६ वर्ष पुगेको र रत्न मन्दिर खुल्ला गर्न नेपाल सरकारले विलम्व गरिरहेका वेला आजवाट रत्न मन्दिर सर्वसाधारण नागरिकहरुका लागि खुल्ला गरिएको हो । तत्कालिन राजा विरेन्द्रको नाममा रहेको उक्त मन्दिर नेपाल ट्रष्टको नाममा आएको छ । नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका पर्यटन,संस्कृती तथा नागरिक उड्यन मन्त्री सुजन किरातीले आज रत्न मन्दिर परिषरमा आयोजीत एक कार्यक्रमका विच सर्वसाधारण नगरिकहरुका लागि खुल्ला भएको जानकारी गराए । एक शिला पत्रको अनावरण पछि कार्यक्रममा उपस्थित सहभागिहरुलार्ई संवोधन गर्दै मन्त्री किरातीले रत्न मन्दिर लाई हिमागृह सम्म पु¥याएर सुन्दर पर्यटकीय स्थल तथा महत्वपूर्ण गन्तव्यको रुपमा विकास गरिने वताए । रत्न मन्दिर खुल्ला गर्न विलम्व भएको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डको निर्णयवाट गणतन्त्रको दिन सर्वसाधारण जनताका लागि खुल्ला गरिएको वताउदै मन्त्री किराँतीले प्रधानमन्त्रीलार्ई धन्यवाद समेत दिए । रत्न मन्दिरलाई संपूर्ण पोख्ररेली जनता र देशकै हितमा कसरी विकास गर्न सकिन्छ भन्ने वारेमा सोचिने समेत मन्त्री किराँतीले वताए । उद्धघाटन गर्नु मात्रै ठूलो कुरा हैन यसलाई रेखदेख , संरक्षण र संर्मद्धन गर्नु ठूलो कुराहो भन्दै यसको जिम्वेवारी संपूर्ण पोख्ररेली जनता, पोखरा महानगरपालिका तथा गण्डकी प्रदेश सरकारको भएको मन्त्री किराँतीले वताए । पोखरामा अन्तराष्ट्रिय विमानस्थल निर्माण भएर पनि अन्तराष्ट्रिय उडान हुन नसकेको यथार्थता औल्याउदै पोखरावाट उन्तराष्ट्रिय उडान छिट्टै गरिने प्रतिवद्धता समेत मनत्री किराँतीले सो अवसरमा ब्यक्त गरे । गणतन्त्रमा कोही ठूलो केही सानो हुदैन भनेर कार्यक्रम सामन्य गरौ भनेर ट्रष्टका कर्मचारीलार्ई भनेको भएपनि कार्यक्रममा सोफा राखेर तामझाम गरेको भन्दै मन्त्री किराँतीले आयोजक कोषका कर्मचारी प्रति असन्तुष्ठी ब्यक्त गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशम वहादुर जुग्जाली मगरले आफु प्रदेश सरकारको पर्यटन मन्त्री हुँदा रत्न मन्दिर खुल्ला गर्न प्रयत्न गरेको स्मरण गर्दै रत्न मन्दिरको रेखदेख र संरक्षण गर्ने जिम्वेवारी पोखरा महानगरपालिकालाई दिनुपर्ने वताए ।
कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले रत्न मन्दिर २०१५ सालमा वनेको वताउदै रत्न मन्दिरलाई नेपालको ताज महलको संज्ञा दिए । पोखरा महानगरपालिकाले रत्न मन्दिर खुल्ला गर्न नेपाल सरकारलार्ई पत्र पठाएको स्मरण गर्दै पोखरा अन्तराष्ट्रिय विमानस्थल उद्धघाटनको दिन प्रधानमन्त्री प्रचण्डले रत्न मन्दिर छिट्टै खुल्ने वताएपछि यसको प्रबिmया सुरु भएको बिचार ब्यक्त गरे । गणतन्त्रका दिन विम्वका हिसावले यो खुल्ला गएिको वताउदै रच्न मन्दिर खुल्ला गर्न आ आफ्नो ठााउवाट आवाज उठाउने सवैलार्य धन्यवाद दिए । रत्न मन्दिरको अधिकांश भाग खुल्ला भएको र पुरै भाग खोल्न केही समय लाग्ने र हिमा गृह लार्ई क्रमश खोल्दै जाने प्रमुख आचार्यले वताए । रत्न मन्दिर खुल्ला भएपछि पोखराको पर्यद्धनमा महत्वपूर्ण योगदान पुग्ने उनले विश्वास ब्यक्त गरे ।
नोपल ट्रष्टले ट्रष्टका अध्यक्ष समेत रहेका पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रीलाई अध्यक्ष वनाएर गरेको कार्यक्रममा अत्यन्तै भद्रगोल देखिएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुलाई वस्ने कुर्चीको प्रयाप्त ब्यवस्था नगरिएको, कार्यक्रम सकिने वेला सम्म पनि आशन ग्रहण गराईएको, कार्यक्रममा उपस्थित भएका पूर्व मन्त्री, पूर्व सांसद, तथा राजनितीक दलका केन्द्र देखि जिल्ला तह सम्मका नेतृत्वलाई उपेक्षा गरिएको, कार्यक्रममा साठे ७ वजे वोलाएर करिव १ घण्टा ढिला गरि सुरु गरिएको भन्दै सहभागिहरुले आयोजकको आलोचना गरेका थिए । रत्न मन्दिर खुल्ला भएको प्रचार गरिएको र उद्धघाटनका दिन सर्वसाधारणला निशुल्क प्रवेश दिईएको भएपनि रत्न मन्दिर दरवारका भित्री कोठाहरु खुल्ला नगरिएका कारण रत्न मन्दिर हेर्न पुगेका मानिसहरु रत्न मन्दिरको अगाडिको कम्पाउण्ड र वगैचा मात्रै हेरेर खिन्न हुँदे फर्केका थिए ।