पोखरा पौष २५,
राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेश जिल्ला अदालत कास्कीले दिएको छ । पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपि रहेका लामिछानेलाई थुनछेकको वहस सकिएपछि जिल्ला अदालत कास्कीका न्यायाधिष नितिज राईको ईजलासले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएको छ । करिब तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि कास्की जिल्ला अदालतका न्यायाधीश नितीज राईको इजलासले लामिछानेलाई ६५ लाख, पूर्वडीआईजी छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, राम खनाललाई १५ लाख, कृष्ण गुरुङलाई १ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख र आरती गुरुङलाई ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको हो
कास्की जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश दिएपछि धरौटी रकम वुझाएर पूर्व संसद मिना गुरुङ, आरती गुरुङ र कृष्ण कहादुर गुरुङ धरौटीमा रिहा भएका छन् । अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपछि रास्वपा का नेता कार्यकर्ताहरुले पोखरामा खुसियाली मनाएका छन् । उनिहरुले जिल्ला अदालत वाहिर खुसियालीमा नारावाजी समेत गरेका थिए । कास्की जिल्ला अदालतले लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएपनि काठमाण्डौ जिल्ला अदालतमा मुद्धा अभियोजन भएकाले उनलाई काठमाण्डौ लगिने संभावना रहेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।