पोखरा फागुन १०,
राष्ट्रिय प्रजातन्त्र पार्टिले आन्दोलनको सुरवात ४० वुँदे मागपत्र पेस गरेर सुरु गरेको छ । फागुन ९ गते राजधानी काठमाण्डौ सहित ७७ वटै जिल्ला दरमुकामवाट एकै साथ आन्दोलनको सुरुवात गरिएको राप्रपाले जनाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई ४० बुँदे मागपत्र बुझाएको हो । यस अघि काठमाडौंको भृकुटीमण्डपबाट निस्केको जुलुसले नगर पक्रिमासहित शक्ति प्रदर्शन गरेको थियो ।
यसै गरि पोखरामा राप्रपा गण्डकीको तर्फबाट पार्टी प्रदेश अध्यक्ष एवं प्रदेश सभा सदस्य पञ्चराम गुरूङ नेतृत्वको टोलीले प्रदेश प्रमुखको कार्यालय र जिल्ला अध्यक्ष नारायण गुरूङ नेतृत्वको टोलीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ४० वुँदे मागपत्र पठाएका हुन् ।राप्रपाले पेस गरेका ४० वुँदे मागपत्रमा अभिभावकीय भूमिकामा संवैधानिक राजसंस्था, वैदिक सनातन हिन्दु राज्य, प्रलोभनपूर्ण धर्मान्तरणमा रोक, प्रदेश संरचना खारेज गरेर संघ र अधिकार प्राप्त स्थानीय तहको व्यवस्था, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, आवश्यकताभन्दा बढी जनप्रतिनिधि र कर्मचारी कटौती, सरकारी कर्मचारी तथा पेसागत दलीय भातृ संगठनको खारेज, २०४६ सालपछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने रहेका छन् । त्यसै गरि सहकारी–बचतकर्ताको बचत सुरक्षाको प्रत्याभूति र राहत प्याकेज घोषणा, वित्तीय संस्थाको ब्याज एकल अंकमा कायम गरिनुपर्ने, निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्न, युवाहरु विदेशीने बाध्यता अन्त्य गर्नुपर्ने, एक सय वर्षपछिको नेपाललाई हेरेर पूर्वाधार र सहरी योजना बनाउनु पर्ने , युवा जनशक्ति पलायनको तथ्यांक चिन्ताजनक भएको, व्यवसायीमा बढेको निराशाले पुँजी पलायन भइरहेको देश भित्रभित्रै खोक्रो बनिसकेको लगायतका विषयहरु उठाईएका छन् ।
यस अघि राप्रपाले पोखरामा राजतन्त्र जिन्दावाद, भ्रष्ट्राचारको अन्त्य गर, हिन्दु राष्ट्र कायम गर, सहकारी पिडितलाई न्याय देउ लगायतका नारा लगाउदै नगर परिक्रमा गरेका थिए । पोखराको पृथ्वीचोकवाट सुरु भएको ¥याली सहिदचोमा पुगेर ज्ञापन त्रप वुझाएपछि कोण सभा पनि गरिएको थियो । राप्रपाले यो आन्दोलनलार्य निर्णयक आन्दोलन भनेको छ । राप्रपाले राखेका मागहरु पुरा नभएमा यसले विद्रोहको रुप लिने भन्दै राप्रपाले मुलुकको विग्रदो अवस्था प्रति चिन्ता समेत ब्यक्त गरेको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।