पोखरा, चैत्र ३ ,
आज भएको उपराष्ट्रपति पदको निर्वाचनमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव नेपालको उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत अर्थात ३०६५७ मतभार पाए भने पराजित शाक्यले प्रदेशतर्फ १६९ र संघतर्फ १०४ सांसदको मत अर्थात १६४९७ मतभार प्रप्त गरिन् । यस्तै जनमत पार्टीकी ममताले प्रदेशतर्फ १५ सांसदको मत पाउँदा संघतर्फ २३ सांसदको मत अर्थात २५५२ मतभार प्राप्त गरेकी थिईन् । जसपाकै तर्फवाट उमेद्धवार वनेकी प्रमिला कुमारी यादवले भने प्रदेश सभा तर्फको १ मत प्रप्त गरेकी छन् यद्यपी उनको उमेद्धारी पार्टिले नष्क्रिय पारेको थियो । उपराष्ट्रपति निर्वाचन अन्तरगत शुक्रबार बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदान सकिएसँगै मतगणना सुरु भई निर्वाचन आयोगले मतपरिणम घोषणा गरेको थियो ।