पोखरा, फाल्गुण ३,
नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेकपा एमालेले राष्ट्रपति पाएमा मुलुक वर्वाद हुने वताएका छन् । आज समाजवादी प्रेस संगठनले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वोल्दै अध्यक्ष नेपालले सभामुख एमालेको छ । राष्ट्रिय सभाको अध्यक्ष एमालेको छ त्यसै गरि राष्ट्रपति पनि एमालेलाईनै दिने हो भने मुलुकमा प्रतिगमनको खतरा रहने वताए । विगतमा मुलकमा प्रतिगमनको पक्षमा के के भयो त्यसको जानकार तपार्ई पत्रकारहरु हुनुहुन्छ नै भन्दै नेपालले मुलुकमा प्रतिगमनको खतरा अझै टरिनसकेको वताए ।
वर्तमान सत्ता गठवन्धनलाई खिचडिको संज्ञा दिदै नेपालले परिवर्तन लार्ई उल्ट्याउन खोज्नेहरु , संविधान विरोधिहरु , संघियता विरोधिहरु र गणतन्त्र विराधिहरु पनि गठवन्धनमा रहेको र माओवादी जस्तो परिवर्तको पक्षधर पनि रहेको वताए । आफुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोष नदिने वरु सम्माननै गर्नै वताउदै नेपालले विगतको गठवन्धन तोड्ने उहाको वाद्यत्मक अवस्था भएको आफुले ठानेको वताए । प्रधानमन्त्रीले भने जस्तै राष्ट्रिय सहमति मुलुकको आजको आवश्यकता रहेको नेपालले वताए । अहिलेको आवश्यकता परिवर्तका पक्षधरहरु र अग्रगामी सोच भएका शक्तिहरु विचको एकताको आवश्यकता हो भन्दै अध्यक्ष नेपालले आफ्नो पार्टि परिवर्तका पक्षमा दृडता पूर्वक उभिएको र पश्चगामी सोचमा आफ्नो पार्टि कदापि नलाग्ने वताए ।
पूर्वको मेची पुलवाट प्रतिगमनको पक्षमा आवाज उठेको वताउदै कुन कुन शक्ति त्यसमा छन् भनेर आफुहरुले सुक्षम ढंगले नियाली रहेको नेपालले वताए । नेपालमा प्रतिगमनको संभावना नभएको वताउदै नेपालले कसैले फेरि पनि नेपालमा प्रतिगमनको संभावना देखेको छ भने उ आफै समाप्त हुने वताए ।