पोखरा पौष २९,
यही माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गण्डकीमा गठवन्धन दलका उमेद्धवारहरुलाई विजय गराउन गठवन्धन दलका नेताहरुले आग्रह गरेका छन् । आईतवार पोखरामा आयोजना गरिएको पत्रकार भेटघाट तथा उमेद्धवार परिचय कार्यक्रममा उमेद्धवार तथा दलका नेताहरुले संविधानको रक्षा गर्न, मुलुकमा राजनितीक स्थायीत्व कायम गर्न तथा प्राप्त उपलव्धीहरुलाई संस्थागत गर्दै उन्नत लोकतान्त्रिक परिपार्टिको विकास गर्नका लागि गठवन्धनका उमेद्धवारहरुलाई विजयी वनाउन मतदाताहरु समक्ष आग्रह गरेका छन् ।
गठवन्धनको तर्फवाट गण्डकी प्रदेशको अन्य तर्फको उमेद्धवारमा नेपाली काँग्रेस गण्डकीका महामन्त्री समेत रहेका गोरखाका किरण वावु श्रेष्ठ, महिला तर्फको कोटामा नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सचिवालय सदस्य तथा शहिद पत्नी पर्वतकी मनरुपा शर्मा र अपाङ्ग तर्फ नेपाली काँग्रेसका पदम वहादुर परियार उमेद्धवार वनेका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रचार प्रसारलाई प्रभावकारी वनाउनका लागि गठवन्धनले नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन प्रचार प्रसार मुल समिति गठन गरेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । समितिको सदस्यहरुमा नेकपा माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङ, नेकपा एकिकृत समाजवादी गण्डकीका कार्यवाहक अध्यक्ष श्रीनाथ वराल, राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी अध्यक्ष शंकर वराल, नेपाल समाजवादी पार्टिका गण्डकी अध्यक्ष किरण थापा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिवहादुर चुमान र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य रहेका छन् । त्यसै गरि नेपाली काँग्रेस गण्डकीका महामन्त्री विष्णुप्रसाद लामिछानेको संयोजकत्वमा ९ सदस्यीय व्यवस्थापन उपसमिति गठन गरिएको छ । उक्त समितिको सदस्यहरुमा नेकपा माओवादी केन्द्रका गुणाखर वस्याल,ज्ञमनाथ गैह्े र जगन्नाथ खनाल, नेपाली काँग्रेसका माधव प्रसाद वास्तोला र नन्द प्रसाद न्यौपाने, नेकपा एकिकृत समाजवादीका कृष्ण बहादुर नेपाली, राष्ट्रिय जनमोर्चाका रविमोहन ढकाल, नेपाल समाजवादी पार्टिका चित्र सापकोटा रहेका छन् ।
गठवन्धनले राष्ट्रिय सभाका उमेद्धवाहरु र मतदाता विच भेटघाटको कार्यक्रम पनि तय गरेको छ । जस अनुसार माघ २ गते नवलपुर, ३ गते गोरखा र लमजुङ,४ गते तनहुँ, ५ गते स्याङ्जा, ६ गते वाग्लुङ र म्याग्दी र ७ गते पर्वत र कास्की तथा ८ र ९ गते मुस्ताङ र मनाङका मतदाताहरु संग भेटघाट कार्यक्रम राखिएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय सभा सदस्यका उमेद्धवार किरणवावु श्रेष्ठले आफ्नो राजनितीक जिवन खुल्ला कितावको पाना जस्तो भएको वताए । आफुले राजनितीक जिवनका क्रममा प्रहरी कुटाई, हिरासत तथा जेल जीवन विताएको स्मरण गर्दै राष्ट्रिय सभाको निर्वाचनमा जितेको खण्डमा पनि आफ्नो निष्ठामा कमी आउन नदिने वताए । प्रतिनिधि सभाको निर्वाचन हार्नु मात्रै नेता तथा उमेद्धवारहरुको अयोग्यता नहुने भन्दै श्रेष्ठले मुलुकका ठूला ठूला नेताहरु पनि चुनाव हार्दै जित्दे गरेको वताए । राष्ट्रिय सभामा आफ्नो भूमिका मुलुक र राष्ट्रको हितका लागि लगाउने श्रेष्ठले वताए । अर्का उमेद्धवार मनरुपा शर्माले आफ्नो जिवनका उतारचढावहरुको वारेमा वर्णन गर्न कठिन हुने वताईन् । १० वर्षे माओवादी जनयुद्धको क्रममा आफुले श्रीमान गुमाएको वताउदै परिवर्तनका लागि आफ्नो परिवारले रगत वगाएको वताईन् । आफु ४३ वर्षको भएको र आफ्ना छोरा छोरी कोही नभएको भन्दै आफु केही लिन नभएर दिनको लागि राजनितीमा आएको वताउदै हाल माओवादी पार्टिले आफुलाई राष्ट्रिय सभाको उमेद्धवार वनाएकोले पार्टिको छवी र भूमिकालाई कुनै पनि हिसावले कमी हुन नदिने वताईन् । अर्का उमेद्धवार पदम वहादुर परियारले स्कूल पढेदा देखिनै आफुले नेविसंघको राजनिती गरेको स्मरण गर्दै नेपाली काँग्रेसका विभिन्न तहमा वसेर काम गरेको भएपनि पछिल्लो समय अपाङ्गता भएका ब्यक्तिहरुको लागि काम गर्ने संस्थाहरुको नेतृत्वमा वसेर काम गरेको वताए । आफुले राष्ट्रिय सभामा निर्वाचित भएर गएपछि अव वन्ने कानूनहरुलाई अपाङ्गता मैत्री, दलित मैत्री महिला मैत्री र समावेसी खालका वनाउन पहल गर्ने वताए ।
पत्रकार भेटघाट कार्यक्रममा गठवन्धनका साझा उमेद्धवारहरुलाई विजयी गराउन अनुरोध गर्दै नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले लोकतन्त्रको रक्षा, मुलुकको विकास र संमृद्धि तथा संविधानको सहि रुपले कार्यान्यन गर्दै संधियताको मर्म अनुसार मुलुकलाई अगाडि वढाउन गठवन्धनले मात्रै सक्ने वताए । पत्रकर भेटघाट कार्यक्रममा नेकपा एकिकृत समाजवादी गण्डकीका कार्यवहाक अध्यक्ष श्रीनाथ वराल, राष्ट्रिय जनमोर्चा गण्डकीका अध्यक्ष शंकर वरालले पनि गठवन्धनका उमेद्धवारहरुलाई विजय गराउन अनुरोध गरेका थिए ।