सत्ता गठवन्धनको तोसैो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टिले सरकारवाट वािरिने निर्णय गरेको छ । आज वसेको केन्द्रिय समिति र संसदीय दलको संयुक्त वैठकले आफ्ना मन्त्रीहरुलाई फिर्ता वोलाउने निर्णय गरेको भएपनि सरकारलार्य दिएको समर्थन भने यथावत रहने निर्णय गरेको । पौष १० गते नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायतका दलहरु विचको सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टिले पाएको गृह मन्त्रालय सभापति लामिछानेको कारणवाट गुम्न पुगेपछि रास्वपाले आफ्नो भागमा परेको मन्त्रालय आफ्नै पार्टिले पाउनुपर्ने अन्यथा सरकारवाट वाहिरिने चेतावनी दिएको भएपनि उसले गृह मन्त्रालय पाउने संभावना ट¥यो । रास्वपाले गृह मन्न्त्रालयनै पाउनुपर्ने र गृहमा रवि लामिछानेने जाने एकथरि नेताहरुको मत रहेको थियो भने गृह मन्त्रालय रास्वपाले पाउने पर्ने उक्त मन्त्रालयमा अर्को ब्यक्तिलाई पठाउन सकिने अर्कोथरि नेताहरुको मत रहेको रास्वपामा पनि दुई धार देखिएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टिलाई गृह मन्त्रालय नदिने र लामिछानेलार्य कुनै पनि मन्त्रालय नदिने वताएपछि राष्ट्रिय स्वतन्त्र पार्टिले सरकारवाट वाहिरिने निर्णय गरेको हो ।