पोखरा वैशाख १२,
वैशाख १० गते भएको प्रतिनिधि सभा उप निर्वाचनमा तनहुँ क्षेत्र नं १ वाट राष्ट्रिय स्वतन्त्र पार्टिका स्वणिम वाग्ले भारी मतान्तरले विजयी भएका छन् । वाग्लेले ३४९१९ मत प्रप्त गरे । उनका निकटतम प्रतिस्प्रधि नेपाली काँग्रेसका गोविन्द भट्टराईले २०१२२ मत प्रप्त गरेका छन् । त्यसै गरि नेकपा एमालेका सर्वेन्द्र खनालले ८४८८ मत प्रप्त गरे । राप्रपा लगायतका अन्य दलहरुले ३०० मत पनि कटाउन सकेनन् । राप्रपाकी शोभा गुरुङले २१८ , मंगोल नेशनल अर्गनाईजेसनका प्रम वहादुर थापाले १६६, नागरिक उन्मुक्तिका भिम वहादुर सुनारले ९९, राष्ट्रिय जनमुक्ति पार्टिका पूण वहादुर रानाले ८७, नेमकिपाका राम प्रसाद प्रजापतिले ३१ र नेकपा समाजवादी पार्टिका गणेश वहादुर श्रेष्ठले ५ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।
तनहुँ जिल्ला नेपाली काँग्रेसको आधार क्षेत्र हो । वर्षैदेखिको आधार क्षेत्रको रुपमा रहेको तथा राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित तनहूँ क्षेत्र नं १ मा नेपाली काँग्रेसले नराम्रो धक्का वेहोरेको छ । नेपाली काँग्रेसवाट करिव १ महिना अगाडि विद्रोह गरेर राष्ट्रिय स्वतन्त्र पार्टि प्रवेश गरेका स्वर्णि वाग्लेले तनहूँ क्षेत्र नं १ का जनताको अपार समर्थन प्राप्त गरेका छन् । जनता कसैका पनि स्थायी मतदाता हुदैनन् भन्ने कुरा यसपटक तनहुँ १ का जनताले प्रमाणित गरेर देखाईदिएका छन् । तनहुँ १मा काँग्रेसलाई मात्रै हैन नेकपा एमालेलाई पनि नराम्रो धक्का लागेको छ गत मंसीरमा भएको प्रतिनिधि सभा निर्वाचनमा १९ हजार भन्दा वढि मत ल्याएको नेकपा एमाले हाल जम्मा ८ हजार मतमा थन्किएको छ । तनहूँ १ मा आम मतदाताले नेपाली काँग्रेस , नेकपा एमाले जस्ता पुराना र पंरपरावादी पार्टिलाई गतिलो झपड हानेका छन् ।
उप निर्वाचनमा आएको मतदाताको मत परिवर्तनले पराना पार्टिहरुलाई नराम्ररी भस्काएको छ । २०६२÷०६३ सालको दास्रो जन आन्दोलन देखि अहिले सम्म आईपुग्दा पुराना दलहरुको तौर तरिका, शासन गर्ने शैली, राजनितीमा नातावाद, परिवारवादलाई प्रश्रय दिनु, गुटवन्दीलार्य मलजल गर्नु मौलाउदै गएको भ्रष्टाचार र अनियमिततालाई रोक्न नसक्नु , मुलुकको हितमा ध्यान नदिई आफु र आफ्ना नजिकका मानिसहरुलाई मात्रै महत्व दिनु,मुलुकको विकासमा नयाँ र जनताले चाहेका कुराहरुलाई प्राथमिकतामा नराखी आफ्ना कुराहरु एकोहोर लाद्न खोजेको कारण जनताहरु पुराना दलसंग वाक्क दिक्क भएका रहेछन् र उनिहरुले विकल्प खोजिरहेका छन् भन्ने सन्देश यो निर्वाचनले दिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।