कास्की प्रहरीले २०७३ सालमा राहदानी किर्ते मुद्दामा फराररहेका एक अभियुक्तलार्य कार्तिक १४ गते पक्राउ गरेको छ । २०७३ सालमा राहाधानी किर्तेगरि फरार रहेका कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं.२ सेराचौर बस्ने ६४ वर्षका का नगेन्द्रराज अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता सुन्दर तिवारीले जानकारी दिए । निज अधिकारीलाई कास्की जिल्ला अदालतबाट राहदानी किर्ते सम्बन्धी कसुरमा दिन ६ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको तिवारीले वताए । निजले भाईको नागरिकता तथा अन्य कागजात प्रयोग गरी नक्कली राहदानी, नक्कली बैंक खाता लगायतको कागजात तयार गरी साईप्रस गई लामो समय बसोबास गरी पुनः संयुक्त राज्य अमेरिका गई हाल नेपाल आएको खुल्न आएको समेत प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।