पोखरा माघ १७,
माघ १५ गतेको मिति राखेर पोखरा महानगरपालिका वडा नं १९ का वडा अध्यक्ष पुष्पेन्द्र पाण्डेले सम्पूर्ण वडा वासीहरुका लागि सूचना जारी गरे । उक्त सूचना वाहिरिने वित्तिकै वडा अध्यक्ष पाण्डेको आलोचना हुन थाल्यो । उक्त सूचनामा वाँदर नियन्त्रणका लागि आफ्नो रुख आँफै काटौ अभियान अन्तर्गत आफ्नो घर वरपरका संपूर्ण रुख काट्न भनिएको थियो । सूचनामा त्यति मात्रै भनिएको थिएन गण्डकी प्रदेश सरकारले आ.व. २०८० ÷०८१ को निती तथा कार्यक्रममा वाँदर नियन्त्रण गर्ने निती पास गरेकोले प्रदेश सरकारको निती तथा कार्यक्रमलाई सघाउनका लागि पनि रुख काट्न र वाँदर नियन्त्रण गर्न वडावासीहरुलाई पाण्डेले सूचना मार्फत १० दिनको समय तोकेर निर्देश गरेका थिए । तर वडा अध्यक्ष पाण्डेलाई रुख काटेर मात्रै वाँदर नियन्त्रण गर्न सकिन्छ अन्य वैकल्पिक उपायहरु हुदैनन् भन्ने कुरा थाहा नहुँदा पाण्डे निक्कैनै आलोचित हुन पुगे । सूचना वाहिरिने वित्तिकै सामाजिक सञ्जाल, मिडिया, लगायतका विभिन्न माद्यम र सर्वसाधारण जनताले समेत वडा अध्यक्ष पाण्डेको आलोचना गर्न थाले ।
सभ्य समाज गर्नै नहुने, समाजले पचाउन नसक्ने र वन जंगलको महत्व दिन प्रतिदिन वढ्दै गएको अवस्थामा वन जंगल, रुख विरुवाले पर्यावरण र मानव स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावलाई नजरअन्दाज गर्दै रुख काट्न अभियाननै चलाउनुपर्ने वडा अध्यक्षको सूचना वाहिरिएर उनको निक्कै आलोचना भएको र त्यो आलोचना पोखरा महानगरपालिका तर्फ पनि सोझिन थालेपछि हतार हतारमा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले सामाजिक सञ्जाल फेसवुक मार्फत त्यसलाई सच्चयाउदै उक्त सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आफ्नो रुख आफै काटौ अभियान भनेर रुख काट्न आह्वान गरेको भन्ने सुचना प्रकासित भएको सन्दर्भमा यस सम्वन्घमा स्थानीय सरकार सँञ्चालन ऐन बमोजिम महानगरपालिकाबाट कुनै निर्णय नभएकोले सो सम्वन्घि कुनै पनि कार्य ( रुख काट्ने फाड्ने) नगर्नु नगराउनु हुन सम्वन्घित सबैलाई जानकारी गराईसकिएको भनेर आव्हान गरेका थिए । पछि महानगरपालिकाले यस विषयमा सूचनानै जारी गरेको थियो । रुख र वन जंगलको विनासले निम्त्याउने विपत्ति, यसले जलवायु परिवर्तनमा पार्ने असर, रुख तथा वन जंगलको अभाववाट हुने अक्सीजनको कमी, पानीका मुहानहरु सुक्दै गएर त्यसले सारा मानव जिवन तथा पर्यावरणमा पार्ने असर कति हुन्छ भन्ने कुरालाई ख्यालै नगरिकन वडा अध्यक्षले घर वारिका एकाध रुख काटेमा कुनै पनि फरक पर्दैन भन्ने हिसावले वुझेर गरेको निर्णयले पोखरामा मात्रै हैन मुलुकभरी तरङ्गनै ल्याईदिएको छ । यसले सोच विचार र परामर्श विना गरिने कामको असर कति नराम्रो पर्दछ भन्ने कुराको सवक समेत सिकाएको छ ।
पोखरा महानगरपालिका क्षेत्रफलको हिसावले मुलुककै ठूलो नगरपालिका हो । पोखरामा पुरै शहर वजार भएका वडाहरु, उप महानगरपालिका हुँदा थपिएका वडाहरु र पछि महानगरपालिका वनाउदा विस्तार गरिएका वडाहरु गरि ३ प्रकारको वनोट रहेको छ । केही वडाहरु गाँउ र शहर मिश्रीत वडाहरु पोखरा महानगरपालिकामा पर्दछन् । जहाँका वडाहरुमा गाँउ र शहर मिश्रीत वडाहरु रहेका छन् त्यहाँ वन जंगलको क्षेत्र पनि पर्दछ । स्वाभाविक हिसावले ति वडाहरुमा वाँदरको आतंक रहिरहेकै देखिन्छ । वाँदर आतंक कति सम्म हुन्छ भन्ने कुरा पोखरामा वसेर थाहा हुदैन । जुन ठाँउमा वाँदरको आतंक छ त्यही ठाँउका मानिसहरुलाई थाहा हुन्छ । वडो दुख गरेर लगाएको वाली नाली वाँदरका हुलहरु आएर क्षणभरमा सखाप वनाएर जाने गरेका कतियप कृषकहरुका दुखहरु वेलावेलामा सुनिने गरेका छन् । त्यस हिसवले वाँदर नियन्त्रणको प्रभावकारी उपाय पोखरा महानगरपालिकाले निकाल्नुपर्दछ । तर वाँदर नियन्त्रणका लागि रुख विरुवा काट्ने, वन फडानी गर्ने जस्ता काम गर्ने पश्च्चगामी सोचहरुलाई जनप्रतिनिधिहरुले आफ्नो दिमागवाट निकालेर फाल्न जरुरी देखिएको छ ।

 

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।