पोखरा फागुन ६,
नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शन नेपालले रेडक्रसलाई पुरानै अवस्थामा फर्काउने बताएका छन् । नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको छैटौँ साधारण सभाको उद्याटन गदैँ नेपालले त्यसका लागि विधान अधिवेशनको तयारी भइरहेको बताए । देश संघीयतामा गइसेको अवस्थामा रेडक्रसको संरचनालाई पनि सोही अनुसार पुनरसंरचना गरिने नेपालले बताए । रेडक्रसले विधान संशोधनका लागि फागुन २७ र २८ गते विधान अधिवेशन गर्ने केन्द्रयी समितिले निर्णय गरिसकेको छ ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रसका महामन्त्रत्री भूपती श्रेष्ठले चार÷पाँच वर्ष पहिलेदेखी धमिलिएको रेडक्रसको छवी अहिले पुनः विश्वासीलो वनेको बताए । अन्तराष्ट्रिय स्तरमा रेडक्रसको छवी कायम गर्ने तर्फ केन्द्रीत भएर अहिले काम भइरहेको श्रेष्ठलेको भनाई छ । नयाँ समिति निर्वाचित भएर आए पछि संस्था नविकरण भएको श्रेष्ठले बताए ।केन्द्रीय उप–कोषाध्यक्ष डोलराज पाण्डेले रेडक्रसका मुल्य र मान्यतालाई बोकेर हिड्न सक्नुपर्ने बताए कार्यक्रममा केन्द्रीय सदस्य दिनेश अर्यालय, बागलुङ जिल्ला अध्यक्ष जगन्नाथ अर्याल, कास्की जिल्ला उपसभापति उर्मिला खड्का लेखा समिति संयोजक डा. देविलाल शर्मा लगायतले मन्तव्य ब्यक्त गरेका थिए । प्रदेशको बस्तु स्थिति वारे प्रतिवेदन पेश गदैँ अध्यक्ष सूर्यप्रसाद ढकालले प्रदेश सरकारसंग मिलेर नीति निर्माण र प्रकोपमा काम भइरहेको जानकारी दिए ।साधारण सभामा महासचिव रामदत्त पौडेलले वार्षिक गतिबिविध प्रस्तुत गरेका थिए । प्रदेशमा ११ जिल्ला, २८६ वटा उपशाखा, १५२ जुनियर सर्कल र ७३७ यूवा सर्कल रहेको जानकारी दिए । कार्यक्रममा स्याङजा जिल्ला शाखाका कार्यलय प्रमुख मित्र प्रसाद लम्साललाई सम्मान गरिएको थियो ।