पोखरा ,आषाढ २३,
लोकसेवा आयोगको परिक्षामा अर्काको नाममा परिक्षा दिने नक्कली परिक्षर्थीलार्ई प्रहरीले पोखरावाट पक्राउ गरेको छ । यही आषाढ २२ गते शुक्रवार पोखरा महानगरपालिका वडा नं.१५ फुलवारी स्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परीसरभित्र संचालन भई रहेको लोक सेवा आयोगको विज्ञापन नं.१४५–१५३÷०७९÷०८० (खुल्ला तथासमावेशी)वन रक्षक पदको लागि भएको शारीरिक तन्दुरुस्ती परिक्षामा अर्काको नाममा परिक्षा दिने ३ जनालार्ई परिक्षा स्थलवाट पक्राउ गरिएको जिल्ला प्रहरी कर्यालय कास्कीका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए । परिक्षा चलिरहेको समयमा परीक्षार्थीहरूको कागजातहरू चेकजाँच गर्दा कालिकोट रास्कोट न.पा. वडा नं. २ सिपखाना वस्ने वर्ष १९ को प्रेम भण्डारी, सोही ठाँउ सिउना बस्ने २० वर्षको को गौरी संज्याल र १८ वर्षको एक जनालाई परीक्षामा सहभागि हुँदै गरेको अबस्थामा फेला परिएको थियो । १८ वर्षका युवक नावालक रहेकाले उनको नामा र फोटो सार्वजनिक नगरिएको प्रहरीले जनाएको छ । अर्काको नाममा परिक्षा दिने नक्कली परिक्षार्थीहरुलाई पक्राउ गरी चेकजाँच गर्दा परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामा आ–आफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएको भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनिहरुलाई कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी मुद्दामा दिन आठ (८) म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।