यही मंसीर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि बिभिन्न राजनितीक दल सम्द्ध उमेद्धवारहरुले चुनावी प्रचार प्रसारको क्रमलाई निरन्तरता दिएका छन् । यसै क्रममा उमेद्धवारहरुले क्षेत्र स्तरीय चुनाव प्रचार कार्यालयहरु र वडा स्तरिय चुनाव प्रचार प्रसार सम्पर्क कार्यालयहरु स्थापना गर्ने कार्यालार्य निरन्तरता दिएका छन् । यसै क्रममा गठवन्धनको तर्फवाट पोखरा १५मा आईतवार निर्वाचन सम्पर्क कार्यालय उद्घाटन गरिएको छ ।
सो अवसरमा वोल्दै कार्यक्रममा प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले जनताको जननादेश विर्सेर विचमै संसद र संविधान माथि आक्रमण गर्नेहरुलाई जनताले चिन्नुपर्ने बताए । नेकपा एमाले र त्यसको नेतृत्व प्रति संकेत गर्दै उनले त्यस्ता शक्तिलाई मत दिए पछुताउनुको विकल्प नहुने समेत समेत वरालले वताए ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य एवं गठबन्धनको तर्फबाट कास्की २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार श्रीनाथ बरालले विकाश र समृद्धिनै गठबन्धन र आफूहरुको मूल एजेण्डा रहेको बताए । जनताको विकास र समृद्धिको आकांक्षा पुरा गर्ने कामको थालनी मंसीर ४ गतेको निर्वाचन पछि गठवन्धनले गर्ने वताए । आफुहरु जनताको विकास र समृद्धिको आकांक्षा पुरा संकल्प गरेर जनताको विचमा आएको वताउदै वरालले त्यो संकल्पलाई कार्यान्वयनमा लैजाने कामको सुरुवात ४ मंसिरमा गठवन्धनका उमेद्धवारलाई लाई मतदान गरेपछि परा हुने वताए ।
बरालले पोखरालाई पर्यटकीय राजधानी घोषणा मात्र होइन त्यसका लागि चाहिने पूर्वाधार प्रकृतिमैत्री र संस्कृति मैत्री भएर निर्मांण गर्ने प्रतिवद्धता ब्यक्त गरे । सुकुम्बासी समस्याको वास्तविक समाधान, एयरपोर्ट निर्माण गर्दा महत्वपूर्ण योगदान पु¥याएका स्थानीयका समस्या समाधान, कृषि क्षेत्रको समग्र विकास गर्दै यसका पकेट क्षेत्र निर्माण लगायतका महत्वपूर्ण सवालहरुमा आफूले जनताको प्रतिनिधि भएर काम गर्ने प्रतितवद्धता जनाए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता एवं कास्की २ (क) मा गठबन्धनको तर्फबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विश्वप्रकाश लामिछानेले कृषि र पर्यटनका माध्यमबाट पोखरालाई समृद्ध पार्ने बताए ।
आफूहरु फगत सत्ता प्राप्तिका लागि गठबन्धन गरेर निर्वाचनमा नहोमिएको वताउदै लामिछानेले विगतमा आफूले विभिन्न ठाउँमा नेतृत्व गर्दा देखाएका सपना पुरा गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा नेकपा माओवादी केन्द्रका पोलिट्व्युरो सदस्य राजकाजी गुरुङ,कांग्रेसको तर्फबाट प्रदेशसभामा समानुपातिक उम्मेदवार बृन्दादेवी राना, नेपाल समाजवादी पार्टीका गण्डकी अध्यक्ष किरण थापा, राजमोका हरिबहादुर खत्री, नेकपा एकीकृत समाजवादी कास्कीका उपाध्यक्ष पूर्ण लामा, कांग्रेस क्षेत्र नम्बर २का सभापति केशर निर्दोशी, कांग्रेस युवा नेता दिनेश आचार्य र नेकपा एसका १५का नेता खेमबहादुर पौडेलले लगायतले गठबन्धनका उम्मेदवारको पक्षमा मत मागेका थिए ।