पोखरा, फागुन ७,
कास्कीको रुपा गाँउपालिकाले स्थापना दिवस मनाउने भएको छ । २०७५ सालमा गाँउ पालिका स्थापना भएदेखि निरन्तर रुपमा स्थापना दिवस मनाउदै आएको रुपमा गाँउपालिकाले यही फाल्गुण २७ गते बिभिन्न कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा रुपा गाँउपालिकका अध्यक्ष नवराज ओझाले वताए । स्थापना दिवसमका अवसरमा रुपा गाँउपालिकाका हरेक क्षेत्र झल्कने खालको पुस्तक रुपाको एक झलक प्रकाशन गरिने, अध्यक्ष कप पालिका स्तरिय पुरुष भलिवल प्रतियोगिताको अयोजना गर्ने, गाँउपालिकामा वसोवास गर्ने विभिन्न संप्रदायको संसकृृति झल्कने खालका झाँकी प्रतियोगिताको आयोजना गर्ने, रैथाने वालिहरुको प्रदर्शन गर्ने, माला प्रतियोगिताको आयोजना गर्ने र रुपा गाँउपालिकामा जन्मेर समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याएका ब्यक्तित्वहरुलाई रुपा रत्नले सम्मान गर्ने लगायतका विभिन्न कार्यक्रम गरिने पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ओझाले वताए ।
पालिका स्तरिय भलिवल प्रतियोगितामा प्रथम हुनेले ७७ हजार ७७७ ट्रफि, मेडल र प्रमाण पत्र, द्धितिय हुनेलाई ५५हजार ५५५ ट्रफि, मेडल र प्रमाण पत्र,र तृतिय हुने टिमलाई ३३ हजार ३३३ ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यसै गरि उत्कृष्ट खेलाडीलाई वेष्ष्ट प्लेयरलाई ५ हजार, वेष्ट सटरलाई २००० र वेष्ट स्पाईकरलाई २००० पुरस्कार दिईने छ । त्यसै गरि झाँकी प्रतियोगितामा प्रथम हुनेलाई ३० हजार र प्रमाण पत्र, द्धितिय हुनेलाई २० हजार र प्रमाण पत्र र तृतिय हुनेलाई २० हजार र प्रमाण पत्र प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराईयो । त्यसै गरि माला प्रतियोगिता तर्फ प्रथम , द्धितिय र तृतिय हुनेले क्रमशः ६ हजार , ४ हजार र २ हजार प्राप्त गर्नेछन् । ५ दिन सम्म चल्ने कार्यक्रमलाई भव्य रुपमा सम्पनन गर्न गाँउपालिकका उपाध्यक्ष लालसुव्वा गुरुङको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ । कार्यपालिकका सदस्यहरु उक्त समितिको सदस्य रहेका छन् । त्यसै गरि भलिवल खेलको संयोजकमा वडा नं १ का अध्यक्ष राम वहादुर गोदार, भाँकी परिचालन तथा यातायात व्यवस्थापन समितिको संयोजकमा राजन खनाल, मञ्च व्यवस्थापनमा नारायण गुरुङ,अतिथी सत्कारमा राजन सुवेदी, माला प्रतियोगिता व्यवस्थापन एवं परिचालनमा सरिता सुनार, खाजा व्यवस्थापनमा दिपेन्द्र गौतम, ताम्रपत्र व्यवस्थापनमा कृष्णराज सुवेदी, र रैथानेवाली काख्रा प्रदर्शन,तथा कृषि स्टलमा हिता कुमारी रुपाखेतीलाई संयोजकको जिम्वेवारी दिईएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा वोल्दै गाँउपालिकका अध्यक्ष नवराज ओझाले रुपा गाँउपालिकाले आफ्नै १५ शैयाको अस्पताल सञ्चालन गरेको, र रुपा गाँउपालिकका वासिन्दाहरुलाई ५० प्रतिशत सहुलियतमा उपचार सेवा प्रदान गरिएको वताए । कृषि अन्तर्गत एक घर एक टनेल, नश्लसुधार , भकारो सुधार कायत्र्रmम लागु गरिएको र गाँउपालिका भरिमा ८०० वटा कृषि र पशु फर्म सञ्चालन गरिएको अध्यक्ष ओझले जानकारी दिए । गाँउपालिका भरि २१ सय मोैरीका घार वितरण गरिएको वताउदै गत वर्षको तुलनमा यस वर्ष ५ गुनाले मह उत्पादन वढेको वताए । ३० घार भन्दा वढि घार हुने किसानले ५ लाख देखि १५ लाख सम्मको मह वर्षमा विक्रिी गरेको समेत अध्यक्ष ओझले जानकारी दिए । १ घर १ धारा कार्यक्रम अन्तर्गत १२ वटा लिप्mिटङका योजना अगाडि वढेको र १२० किलोमिटर पक्की भईरहेको ओझाले वताए । स्थापना दिवसको दिन मौरीको चाका खाने कार्यक्रम पनि रहेको अध्यक्ष ओझाले वताए ।