पोखरा फागुन २८,
कास्कीको रुपा गाँउपालिकाले आफ्नो आठौ स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अबसरमा रुपा गाँउपालिकामा जन्मेर राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याती कमाएका तथा समाजको विभिन्न क्षेत्रमा योगदान पु¥याएका विभिन्न ब्यक्तित्वहरुलाई रुपा रत्न २०८१ वाट सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा डा. दिनेश न्यौपाने, डा.कृष्ण चन्द्र पौडेल, प्रहरी वरिष्ठ उपरिक्षक कृष्ण प्रसाद पंगेनी, प्रेस स्वतन्त्रता सेनानी नवराज सुवेदी, सहप्राध्यापक कमला रानामगर, ससस्त्र प्रहरी उपरिक्षक सूर्य प्रसाद तिमिल्सिना, प्रहरी उपरीक्षक नरहरि रेग्मी, डा. अनिल रेग्मी, अमृत रेग्मी, कालिदाश न्यौपाने, र पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी रहेका छन् ।
समनति ब्यीक्तत्वहरुलाई गण्डकी प्रदेशका निवर्तमान पूर्वमुख्यमन्त्री खगराज अधिकारी, गाँउपालिका अध्यक्ष नवराज ओझा र उपाध्यक्ष लालसुब्बा गरूङ लगायतले सम्मापनपत्र, दोसल्ला, माला र अविर लगाएर सम्मान गरेका थिए ।
सो अवसरमा वोल्दै पूर्व मुख्यमन्त्री अधिकारीले आफु रुपामा आउदा सधै एउटा नयाँ कुरा लिएर आउने भन्दै यो पटकको नयाँ कुरा रुपा गाँउपालिकामा जाने वाटो जिर्ण वनेकाले वहुवर्षिय योजनाअन्तर्गत ५ करोड विनियोजन भएकोले यो सडक पुर्ननिमार्णको काम अगाडि वढ्ने वताए । रुपा विकास निर्माण, कृषि लगायतमा उत्कृष्ट र सपन्न भएपनि शिक्षाको क्षेत्रमा कमजोर भएकाले शिक्षाको अवस्था सुधार्न लागनु पर्ने वताए । सवै चिजमा सम्पन्न भएपनि शिक्षामा कमजोर भएमा केही पनि गर्न नसकिने भन्दै अधिकारीले शिक्षाको महत्व माथि प्रकाश पारेका थिए । पूर्व राजाको सक्रियता वढेकोमा आपत्ति जनाउदै अधिकारीले नेपाली काँग्रेस, एमाले, माओवादी लगायतका दलले पूर्व राजालाई मौका दिएको भएपनि लोकतन्त्र विरोधी हर्कत गरेकाले त्यो संह्य नहुने वताए । मौलिक हक समेत कुष्ठित गरेका पूर्व राजाले लोकतन्त्रमा जनताले आफ्ना अधिकार उपभोग गरिरहेको , विकास निर्माणका कामहरु देख्न नसकेर अत्तालिएको वताए । अधिकारीले पूर्व राजालाई अभिनन्दन गर्न जानेहरु प्रति खेद ब्यक्त गरे ।
सो अवसरमा रुपा गाँउपालिकाको समग्र चिनारी समेटेर प्रकाशित गरिएको रुपा एक एक झलकको विमोचन गरिएको थियो । सो अवसरमा वोल्दै रुपा गाँउपालिकका अध्यक्ष नवराज ओझाले रुपा गाँउपालिकाले विकास निर्माण, कृषि, स्वास्थ्य, जैविक विविधता, शिक्षा लगायतका क्षेत्रमा गरेका उपलव्धीहरुको चर्चा गरेका थिए । उद्धघाटन कार्यक्रममा मौरीको चाका खाने कार्यक्रम पनि रहेको थियो । कार्यक्रममा तत्कालिन हंसपुर गाविसका पूर्व अध्यक्ष विजय वावु वनवासी , रुपारत्नवाट सम्मानितहरुको तर्फवाट डा. दिनेश न्यौपानेले मन्तव्य व्यक्त गरेका थिए । उपाध्यक्ष लाल सुव्वा गुरुङले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रमको सञ्चालन रुपा गाँउपालिकाका प्रशसकसीय अधिकृत लोकनाथ पोडेलले गरेका थिए ।
स्थापना दिवसका अवसरमा गाँउपालिका भित्रका टोल विकास संस्था, आमा समूह, महिला समूह, सांस्कृतिक समुह लगायतले आफ्ना भेषभूषा सहितका भाँकी सहित गित र नाँचहरु प्रस्तुत गरेका थिए । प्रतियोगितात्मक रुपमा प्रदर्शन गरिएका भाँकीहरुलाई पुस्कृत समेत गरिएको थियो ।
स्थापना दिवसको अबसरमा पूर्व गाँउ विकास समितिका अध्यक्ष विजयवावु वनवासी, टिकारमा पंगेनी, पूर्व वडा अध्यक्ष दयाशागर सुवेदी लगायतलार्ई सम्मान गरिएको थियो । त्यसै गरि उत्कृष्ट कृषक, कृषि समूह जैविक विविधतामा उत्कृष्ट कार्य गर्ने समूह, रूपा गाउँपालिकाबाट एसईईमा सर्वोत्कृष्ट अंक ल्याउने बिद्यार्थी, उत्तकृष्ट शिक्षक, उत्कृष्ट कर्मचारी एवं लामो समय सेवा गर्ने शिक्षकलाई दीर्घ सेवा पुरस्कार सम्मान वाट सम्मान गरिएको थियो । त्यसै गरि रुपा गाँउपालिकाका कर्मचारी मध्येवाट उत्कृष्ठ कर्मचारीको रुपमा लोकनाथ पौडेललाई सम्मान गरिएको थियो । सो अवसरमा १०१ वर्षीय जेष्ठ नगरिक जमदार सिद्धिमान श्रेष्ठलाई जेष्ठ नगरिक सम्मानवाट सम्मान गरिएको थियोे । त्यसै गरि भलिवल प्रतियोगितामा विजयी वडा नं ६ को टिमले ७७ हजार प्रप्त ग¥यो भने उप विजेता वडा नं ७ को टिमले ५५ हजार ५५५ रुपायाँ हात पारेको छ ।
