पोखरा , जेष्ठ २,
गण्डकी प्रदेशमा एकै साथ सञ्चालन गरिएको ट्रफिक सप्ताह कार्यक्रम सम्पन्न भएको प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाले जनाएको छ । समाजका विभिन्न क्षेत्रका मानिसहरुलाई ट्राफिक सचेतना फैलाउने साथसाथै दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश भरी वैशाख २५ गते सञ्चालन भएको सप्ताहब्यापी कार्यक्रम ३१ गते समापन गरिएको थियो । गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, पोखरा महानगरपालिका, गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाको सहकार्यमा सञ्चालन भएको उक्त सप्ताहमा ट्राफिक सचेतना फैलाउने साथैसडक र सवारी प्रयोगकर्ताले पालना गर्नु पर्ने नियमका विषयमा विविध कार्यक्रमहरु गरिएको थियो ।
गण्डकी प्रदेशभर प्रभावकारी रुपमा सञ्चालन गरीएको ट्राफिक सप्ताहको उद्घाटनका अवसरमा प्रदेश भरीका ११ वटै जिल्लामा प्रभातफेरि कार्यक्रम गरिएको थियो । बिभिन्न सरोकारवाला निकाय, बिद्यार्थी, नागरिक समाज संघ संस्थाको उपस्थीतीमा गरीएको प्रभातफेरी कार्यक्रममा गण्डकी प्रदेशभरी २ लाख जनाको उपस्थीति रहेको ट्राफिक व्यवस्थापन कार्यालय गगनगौडाले जनाएको छ । यसका साथै ट्राफिक सप्ताहकै अवसरमा गण्डकी प्रदेशभर २९ स्थानमा सवारीको मेकानिकल चेकिङ,३१ स्थानमा चालक सहचालकको स्वास्थ्य चेकाजाँच, १९४ वटा लघू सचेतना कार्यक्रम , ४६२ स्थानमा ट्राफिक नियम सम्बन्धि कक्षा सञ्चालन, ६२० स्थानमा सवारीमा आरक्षण सिट रहे÷ नरहेको अनुगमन, १४६ स्थानमा तिव्र गति र ओभरटेक चेकिङ, १४८ स्थानमा भाडादर अनुगमन, १३१ ग्रामिण सडक लक्षित चेकिङ, १९६ वटा रुटमा ट्राफिक नियम सम्बन्धी माईकिङ, १३२ स्थानमा हेल्मेट र सिटबेल्ट चेकिङ, लगभग २०, ००० ट्राफिक सचेतना मुलक पर्चा बितरण, ५ जिल्लामा रक्तदान कार्यक्रम गरिएको र सप्ताहको अन्तीम दिन ट्राफिक नियम र व्यवस्थापन सम्बन्धि सञ्चारकर्मिहरु सँग अन्तरक्रिया गरिएको थियो । सोही दिन साँझ दिप प्रज्वलन गरिएको थियो ।