पोखरा फागुन ११,
कास्की जिल्ला अदालतले दोषी ठहर गरि विभिन्न मितिमा कैद तथा जरिवाना तोकेका तर जरिवना तथा कैद भुक्तान नगरि फरार रहेका १३ जना ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय तथा मतहतका प्रहरी कार्यालयवाट खटिएको प्रहरी टोलीले पक्राउ गरि आवश्यक कानूनी कारवाहीका लागि कास्की जिल्ला अदालतमा पेस गरेको कास्की प्रहरीले जनाएको छ । यसरी पक्राउ पर्नेहरुमा
लागू औषध मुद्दामा ५ दिन कैद फैसला भई हालसम्म फरार रहेका पोखरा महानगरपालिका वडा नं.२९ पावरहाउस बस्ने वर्ष ३२ को राज कुमार ताम्राकार , लागू औषध मुद्दामा ६ दिन कैद तथा रु.५,०००।– जरिवाना फैसला भई हालसम्म फरार रहेका चितवन जिल्ला स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.२ मिरुवा बस्ने वर्ष ३० का शंकर पौडेल ,लागू औषध मुद्दामा ६ दिन कैद तथा रु.५,०००।– जरिवाना फैसला भई हालसम्म फरार रहेका चितवन जिल्ला स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं.२ मिरुवा बस्ने वर्ष २५ का ओसिन पौडेल ,त्यसैगरि बैंकिङ कसुर मुद्दामा १० दिन कैद र रु.८,१८,२००।–जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा म.न.पा. वडा नं.३१ बेगनासताल बस्ने वर्ष ३५ का गजेन्द्र रानाभाट ,चेक वाउन्स मुद्दामा रु.१,५००।–जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा म.न.पा. ४ चिप्लेढुङ्गा बस्ने विष्णु कुमार श्रेष्ठ , चेक वाउन्स मुद्दामा रु.१,०००।–जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा म.न.पा. १६ बस्ने चुडामोहन पौडेल,कुटपिट अङगभङग मुद्दामा रु.२००।–जरिवाना फैसला भई हालसम्म फरार रहेका सुर्खेत जिल्ला स्थायी घर भई हाल पोखरा म.न.पा. वडा नं.६ लेकसाईड बस्ने वर्ष ३० का जिवन कुमार वली , जुवा (तास) मुद्दामा रु.३,०००।–जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा म.न.पा. वडा नं.२ अर्चलबोट बस्ने वर्ष ५३ को विराट के.सी, जुवा (तास) मुद्दामा रु.१,४००।–जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा म.न.पा. वडा नं.१९ लामाचौर बस्ने वर्ष ३२ को उमेस गर्बुजा , जुवा (तास) मुद्दामा रु.१,४००।–जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा म.न.पा. वडा नं.१९ लामाचौर बस्ने वर्ष २९ का रमेश पुन ,जुवा (तास) मुद्दामा रु.१,०००।–जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा म.न.पा. वडा नं.८ नागढुङ्गा बस्ने वर्ष ५४ को सोमत तुलाचन , सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा रु.५,०००।–जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा म.न.पा. वडा नं.१७ छोरेपाटन बस्ने वर्ष २९ को शिशिर श्रेष्ठ र सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा रु.५,०००।–जरिवाना फैसला भई हालसम्म फरार रहेका पोखरा म.न.पा. वडा नं.१७ छोरेपाटन बस्ने वर्ष २२ को शिबिर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरिक्षक ज्ञान वहादुर खड्काले जानकारी दिएका छन् । उनिहरुलाई १० दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको समेत खड्काले जानकारी दिए ।