पोखरा माघ २,
बिभिन्न्न मुद्धामा दोषी भई कैद वस्नुपर्ने तथा जरिवाना तिनुपर्ने भनि अदालतवाट फैसला भएका तर कैद तथा रकम भुक्तान नगरी फरार रहेका ७७ जनालाई प्रहरीले हालै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयहरुवाट २०८० साल पौष १ गते देखि २९ गते सम्म खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरि जिल्ला अदालतमा पेस गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवण कुमार विकले जानकारी दिए ।
यसरी पक्राउपर्नेहरुमा चेक अनुदार मुद्धाका ४४ जना, सार्वजनिक स्थानमा अभद्र व्यवहार मुद्दामा ३ जना, जालसाझी मुद्दामा ३ जना, लागू औषध मुद्दामा १३ जना, अभद्र व्यवहार मुद्दामा १ जना, झुट्टा विवरण पेश गरी नागरिकता लिएको मुद्दामा १ जना ,जुवातास मुद्दामा ३ जना, केही सार्वजनिक अपराध मुद्दामा १ जना, दोहोरो नागरिकता लिएको सम्बन्धी मुद्दामा २ जना, ज्यान सम्बन्धी मुद्दामा १ जना,सवारी ज्यान मुद्दामा १ जना, गैर कानूनी कारोवार सम्बन्धी मुद्दामा १ जना , अपुतालि हक कायम सम्बन्धी मुद्दामा १ जना लेनदेन (बिगो सम्बन्धी) मुद्दामा २ जना रहेको प्रहरीले जनाएको छ