पोखरा, श्रावण २८,
नेपाली काँग्रेस कास्कीले पोखरा महानगरपालिकको पोखराका सडकमा रहेका शालिक १ महिना भित्र स्थानान्तरण गर्ने पोखरा महानगरपालिकको निर्णयको विरोध गरेको छ । शनिवार पोखरा महानगरपालिकाले सार्वजनिक गरेको अनुरोध पत्रप्रति आफ्नो पार्टिको ध्यानाकर्षण भएको जनाउदै नेपाली काँग्रेस कास्कीका सभापति किशोर दत्त वरालले आईतवार विज्ञप्ती निकालेका छन् । बिज्ञप्तीमा वरालले पोखराको सौन्र्दयीकरण सवैको चासोको विषय भएकाले सवै एकै ठाँउमा उभिन पर्ने वताएका छन् । विज्ञप्तीमा वरालले पोखरेलीहरुको साझा चासोको विषयलाई राजनितीक पार्टिहरुको धारणले मात्रै संवोधन गर्न सक्दैन त्यसैले पोखरालार्ई सुन्दर शहरको रुपमा विकास गर्नका लागि राजनितीक पार्टिहरु र नागरिक समाजको साझा अवधारणा आवश्यक पर्ने हुनाले यस विषयमा हतारमा निर्णय नगर्न नगराउनका लागि नेपाली काँग्रेस कास्की अनुरोध गर्दछ भनेका छन् । शालिकको व्यवस्थापन तथा स्थानान्तरण गर्ने भनि पोखरा महानगरपालिकावाट सार्वजनिक गरिएको उक्त सर्व पक्षीय निर्णयमा नेपाली काँग्रेसको कुनै पनि प्रकारको संलग्नता नरहेको वरालले विज्ञप्तीमार्फत वरालले स्पष्ट पारेका छन् ।
यस अघि शुक्रवार पोखरा महानगरपालिकामा वसेको सर्वदलीय ÷सर्वपक्षीय वैठकमा पोखराका चोक चोकमा रहेका सालिकहरु एक महिना भित्र पोखरा १८ स्थित जामुन वोटमा लगेर व्यवस्थापन गर्ने निर्णय गरिएको थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय÷सर्वपक्षीय बैठकमा कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, नेपाली काँग्रेस सहित विभिन्न राजनितीक दलका प्रतिनिधि, र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
पोखरामा यतिवेला शालिकका विषयमा राजनिती हुन थालेको छ । पोखराका चोहरुवाट शहिद पार्कमा लगेर सालिकहरुलाई व्यवस्थापन गर्ने निर्णय महानगरपालिकाले गरिसकेको भएपनि नेपाली काँग्रेसले स्थानान्तरण गर्न हुदैन भनेर विरोध गर्ने, राप्रपाले पृथ्वीचोकमानै पृथ्वीनारायण शाहको सालिक राख्ने अडान लिने र नेपाल मगर संघ लगायत जातिय संस्थाहरुले लखन थापाको भन्दा अरुको सालिक राख्न नदिने अडान लिदा यसले अनावश्यक विवाद वढ्ने, सामाजिक सद्भाव खल्वलिने , अशान्ति फैलने र आन्दोलनको रुप लिन सक्ने हुँदा यसलामा सवै पक्ष संयमित भई समाधान खोज्नु जरुरी देखिन्छ ।