पोखरा माघ १७,
अमरज्योति आधारभुत बिध्यालय,पोखरा १३ आर्वाको ४७औ वार्षिकोत्सव,अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गण्डकी प्रदेशका कृषी उर्जा तथा जलस्रोत मन्त्री वेद बहादुर गुरुङले गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै गुरुङले राज्यले शिक्षामा गरेको लगानी अनुरुप प्रतिफल पाउन नसकेको बताए । उनले सबैभन्दा धेरै राज्यको लगानी शिक्षामा छ तर खै प्रतिफल भन्दै ,सरकारी बिद्यालयहरुमा गरिएको लगानीको प्रतिफल लिन अब सरकारले थप नयाँ योजना वनाउने वताए । मन्त्री गुरुङले कृषी उत्पादन बढाउन अब परम्परागत शैली लाई त्यागेर आधुनिक र बैज्ञानिक ढंगबाट अगाडि बढ्नु पर्ने वताउदै आधुनिक कृषी उत्पादनमा लाग्ने कृषकलाई थप प्रोत्साहन गर्ने सरकारको योजना रहेको वताए ।
कार्यक्रममा बिशेष अतिथि नेकपा एकिकृत समाजवादीका पोलिटब्युरो सदस्य श्रीनाथ बरालले बिद्यालयहरुमा शिक्षक बिद्यार्थी र अभिभावकको समन्वयमा शैक्षिक सुधारका कार्यक्रम अगाडी बढाउनु पर्ने बताए । सरकारी बिद्यालयहरु अब प्रतिस्पर्धामा आउन गुणस्तरीय शिक्षा पहिलो प्राथमिकता रहेको वरालको सुझाव थियो ।
बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष पदमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बिमल बहादुर बरालले बिद्यालयको वार्षिक शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महाशाखाका अधिकृत राम प्रसाद तिवारी, वडा नं १३ की वडा सदस्य रजनी परियार, बिद्यालयका निवर्तमान प्रधानाध्यापक कृष्ण प्रसाद बराल,रतन पाण्डे मा बि आर्वाका प्रधानाध्यापक डिल्ली राम बराल,आर्वा बिजय मा बि का प्रधानाध्यापक पदमा देबी बराल ,वास्थला गनगने खोला खानेपानी तथा सरसफाई उपभोक्ता समिति आर्वाका अध्यक्ष नर बहादुर बराल,बिध्यालय ब्यवस्थापन समिति सदस्य सरीता अधिकारी लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए। ।
शिक्षिका सोविता श्रेष्ठ र बिध्यार्थी शिशिर परियारले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका शान्ति परियारले गरेकी थिईन । कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगदाताहरु तथा अन्य सहयोगी महानुभावहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले विविध सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।