पोखरा, वैशाख १९,

१३६ अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टि एकिकृत समाजवादी निकट एकिकृत ट्रेड युनियन महासंघ नेपाल गण्डकी प्रदेश समिति र नेकपा एकिकृत समाजवादी पोखरा महानगर कमिटीको संयुक्त आयोजनामा सवारी दुर्घट्ना न्यूनिकरण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको उद्धघाटन पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरेका थिए । सो अवसरमा मन्तव्य ब्यक्त गर्दै प्रमुख आचार्यले सन् १८८६मा अमेरिकको शिकागो शहरमा मजदूरहरुले ८ घण्टा काम ८ घण्टा मनोरञ्जन र ८ घण्टा आरामको माग गरेर आन्दोलन गरेको र सो अन्दोलनमा चरम दमन भएको र धेरै मजदूरहरुले ज्यान गुमाएको प्रसंग उल्लेख गर्दै त्यसको ३ वर्षपछि पेरिसमा भएको पेरिस कम्युनवाट मजदूरहरुका ति माग पुरा भएको दिनको अवसरमा मे १ लाई अन्तराष्ट्रिय मजदूर दिवसका रुपमा मनाउन थालिएको वताए । नेपालमा पनि राणा शासनको अन्त्य पछि मजदूर दिवस मनाउन थालिएको प्रमुख आचार्यले वताए । केवल शारिरिक श्रम गर्नेहरुमात्रै श्रमिक नभई ज्याला लिएर काम गर्नेहरु सवै श्रमिकको परिभाषमा पर्ने आचार्यले वताए । अझै पनि मजदूर हरुका समस्या समाधान हुन नसकेको वताउदै प्रयाप्त नभएपनि विगतको तुलनामा मजदूरहरुले हक अधिकार प्राप्त गरेको प्रमुख आचार्यले वताए । श्रम ऐन वनेको छ , असंगठित क्षेत्रका मजदूरहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने कामको प्रारम्भ भएको लगायतका कामहरु भईरहेको आचार्यले वताए । अहिले पनि श्रमिकहरुका विचको असमान ज्याला, वाल वालिकालार्ई श्रममा लगाउने कार्य, जस्ता विभेदहरु कायमै रहेको प्रमुख आचार्यले वताए ।
सो अवसरमा नेकपा एकिकृत समाजवादीका नेता तुल वहादुर गुरुङ, केन्द्रिय सदस्यहरु रत्ना गुरुङ, अमरनाथ रेग्मी, गण्डकी प्रदेश कमिटीका अध्यक्ष कृष्ण नेपाली, कास्की अध्यक्ष खड्ग हमाल, नेता गोपाल गिरी ,पोखरा महानगर समितिका अध्यक्ष प्रेम थापा, पृथ्वी राजमार्ग वस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्र वहादुर केसी, विद्यार्थी नेता सन्तोष न्यौपाने, लगायतले मन्तव्य व्यक्त गरेका थिए । सो अवसरमा सवारी दुर्घट्ना न्यूनिकरण सम्वन्धमा जिल्ला ट्रफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले प्रशिक्षण दिएकी थिईन् । सो अवसरमा नेकपा एमाले परित्याग गरि १० जना नेकपा एकिकृत समाजबादीमा प्रबेश गरेका छन । नेकपा एमाले पोखरा महानगर कमिटी सदस्य तथा एमाले निकट मजदुर संगठन जिफन्टका पोखरा महानगर अध्यक्ष सुर्य प्रसाद उपाध्याय, जिफन्टका पुर्ब केन्द्रिय सदस्य नन्द कुमारी शर्मा लामिछाने लगायत अन्य मजदुरहरु नेकपा एकिकृत समाजवादी निकट एकिकृत ट्रेड युनियन महासंघमा समाहित भएका छन् । उनिहरुलाई पार्टीका पोलिटब्युरो सदस्य तथा पोखरा महानगरका प्रमुख धनराज आचार्य र नेता तुल बहादुर गुरुङ्गले खादा र अविर लगाएर पार्टि प्रवेश गराएका हुन । एकिकृत ट्रेड युनियन महासंघ नेपाल गण्डकी प्रदेश समितिका अध्यक्ष तिल वहादुर विश्वकर्मा तिलकको अध्यक्षतामा भएको कार्यक्रममको सञ्चालन सचिव हरिराम धितालले गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।