पोखरा पौष २४,
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संधिय लोकतान्त्रिक गणतन्त्र मुलुकमा असफल भएको वताएका छन् । राप्रपा नेपालको पश्चिमाञ्चल विकास क्षेत्र स्तरिय प्रशिक्षण कार्यक्रमलाई सांवोधन गर्न पोखरा आएका वेला आज विहान पोखरामा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष थापाले यो व्यवस्था भ्रष्ट, तस्कर र सिण्डकेट तन्त्रमा परिणत भएको आरोप लगाए । १७ वर्षको अवधिमा मुलुकमा यस्तै देखिएको भन्दै थापाले यो व्यवस्थाको ठाँउमा राजतन्त्र सहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी , दुई तहको संघियता सहितको व्यवस्था लागु गर्नुपर्ने वताए । यो संविधान संसोधनवाट गर्न सकिने भन्दै राजनितीक दलहरुका विचमा साझा सहमती भयो भने यो संभव रहेको थापाले वताए । त्यसो भएन भने यो व्यवस्था परिवर्तनका लागि जन आन्दोलनको विकल्प नरहेको र राप्रपा नेपालले जनआन्दोलनको तयारी गरेको थापाले वताए ।
संघिय लोकतान्त्रि गण्ष्तन्त्र र अहिलेको निर्वाचन प्रणालीवाट मुलुकले स्थिरता र संमृद्धि प्राप्त गर्न नसक्ने भन्दै १७ वर्षमा मुलुकमा स्थिर सरकार वन्न नसक्नु,जनताले चरम दुख पाईरहनु, महङ्गीले सिमा नाघ्नु, विदेश पलायन वढ्नु जताजतै अस्तव्यस्तता वढ्नु जस्ता उदारण काफी भएको वताए । मुलुकमा यो व्यवस्थालाई विस्थापित गरि राजा सहितको सनातन हिन्दु राष्ट्र कायम गर्न देशमा क्रियासिल राष्ट्रवादी शक्ति, देशभक्त प्रजातान्त्रिक, हिन्दुवादी र राजावादीहरुको बृहत राष्ट्रिय मोर्चाको गठन हुन लागेको थापाले वताए । राज्यमा व्रम्ह लुट मच्चाईएको, निर्वाचन जित्नका लागि ठूला राजनितीक दलले पैसाको खोलो वगाउने गरेको, भ्रष्टाचारमा ठूला दल निकटहरु रहने गरेको र त्यो पैसा निर्वाचन जित्नका लागि उपयोग हुने गरेको कारण पैसा नहुनेहरु, र सिधासाधा तरिकाले जनताको सेवा गर्नेहरुले चुनाव जित्न नसक्ने अवस्था वनेको भन्दै ठूला राजतिीक दल र तिनका नेताहरु प्रति थापले कटाक्ष गरेका थिए ।
राष्ट्रिय सभाको निर्वाचनमा प्रमुख राजनितीक दलहरुले संविधानको मर्म र भावनाको उपहास गर्दै निर्वाचन हारेका, पटक पटक अवसर पाएकाहरुलाई उमेद्धवार वनाएको थापाले आरोप लगाए । सिमान्तकृत, अल्पसंख्यक तथा विषय विज्ञहरुलाई पठाउनुपर्ने राष्ट्रिय सभामा निर्वाचन हारेका, पटक पटक अवसर पाएका हरुलाई उमेद्धवार वनाएर ति क्षेत्रका मानिसहरुलाई उपेक्षा गर्नु आपत्तिजनक रहेको थापाले वताए । ठूला दलका यस्तै क्रियाकलापले गर्दा संघिय लोकतान्त्रिक ब्यवस्था यिनीहरुकै व्यवाहारले कमजोर पारेको थापाले वताए । भर्खरै मात्र भारतिय विदेश मन्त्री एसजयशंकरको नेपाल भ्रमणको वेलामा नेपालले प्रत्येक वर्ष भारतलाई १० हजार मेघावाट विजुली वेच्ने संझौता नेपालको हितमा रहेको भन्दै थापाले यसले नेपाल र भारतका विच रहेको व्यापार घाटा घटाउन सहयोग पुग्ने वताए । साथसाथै नेपालको जलश्रोतमा कुनै एक राष्ट्रको मात्रै एकाधिकार रहने कुरा जोखिम हुन सक्ने थापाले वताए । भारतिय विदेशमन्त्रीको भ्रमणका अवसरमा भारतिय दूतावास मार्फत नेपालका विकास आयोजनाहरुमा सिधै २० करोड खर्च गर्न पाउने कुरा आपत्तिजनक रहेको भन्दै यसले समानान्तर सरकारको झल्को दिन भन्दै यसलाई खारेज गर्न थापाले माग गरे । भ्रमणका वेला संयुक्त आयोगको वैठकमा ईपिजीको प्रतिवेदन, सन् १९५० को सन्धी पुनरावलोकन तथा सिमा विवाद जस्ता विषयले प्रवेश नपाउनु सरकारको निरिहता भएको थापाले वताए । पत्रकारहरुले सोधेका जिज्ञासाहरुको जवाफ दिने क्रममा थापाले हिन्दुवादीहरुलाई चुनाव जित्न नदिने गरि पैसाको भरमा प्रत्येक निर्वाचन क्षेत्रमा हिन्दु धर्म विरोधीहरुको जमात जवरजस्त खडा गरिएको समेत वताएका थिए । पत्रकार सम्मेलनमा राप्रपा नेपालका केन्द्रिय सदस्य सुर्य वास्तोलाले पनि वोलेका थिए ।

 

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।