पोखरा माघ १९,
नागरिकता मुद्धामा सार्वोच्व अदालले दोषी ठहर गरेका रवि लामिछानेले हतार हतारमा नेपाली नागरिकता लिएपछि पुन गृह मन्त्रालयमा ईन्ट्री हुन खोजेका छन् । तर प्रधानमन्त्री पुष्पकमद दाहाल प्रचण्डले रविको उक्त चाहानालाई अस्वीकार गरिदिएपछि यसले सत्ता गठवन्धन दलहरु विच खटपट सुरु भएको छ । रवि लामिछानेले पुरानो नागरिकता जो निस्क्रृय भईसकोको छ त्यसैको आधारमा पासपोर्ट वनाएको र राज्यलार्ई ढाँटेको आरोप लागिरहेको छ । र सर्वोच्व अदालतको आदेशको पूर्ण पाठ पनि आईसकेको छैन । यस्तो अवस्थामा लामिछानेलार्ई गृह मन्त्री वनाउन नसक्ने जवाफ प्रधानमन्त्रीले दिईसकेका छन् । प्रधानमन्त्री दाहाललाई एमाले अध्यक्ष केपि शर्मा ओलीले पनि रवि लामिछानेलार्ई गृह मन्त्री वनाउन निरन्तर दवाव दिईरहेको वताईन्छ । राष्ट्रिय स्वतन्त्र पार्टिले गृह मन्त्रालय नपाए समर्थन फिर्ता लिने सम्मको चेतावनी दिईसकेको छ । राष्ट्रपति÷उप राष्ट्रपति निर्वाचनको मिति घोषणा भईसकेको अवस्था मा प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको कुरा वांरवार उठाईरहेको र माओवादीको स्थायी समिति र सचिवालयको वैठकले समेत राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेकाले एमाले माओवादी प्रति पनि शसंकीत देखिएको छ । त्यसैले एमाले अध्यक्ष ओलीले पुष १० गतेको सहमति कार्यान्वनमा जोड दिदै दिनहुँ जसो प्रधानमन्त्रीलाई भेटिरहने र दवाव वढाउने गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति लामिछानेलाई गृह मन्त्रालय दिनुपर्नेमा दवाव वढाएका ओलीले प्रधानमन्त्री सकारात्मक नभएपछि रविलाई नभए राष्ट्रिय स्वतन्त्र पार्टिलार्ई गृहमन्त्रालय दिनु पर्ने अथवा रविलार्य गृहमा हैन अन्य कुनै मन्त्रालय दिनुपर्ने मद्यमागि वाटो खोजेर रा स्वपालार्य आफु निकट राखिरहने रणनिती वनाएका छन् । तर माओवादीले गृह मन्न्त्रालय आफैसंग राख्ने अडान दोहो¥याएपछि सत्ता गठवन्धनमा भित्र भित्रै खिचलो सुरु भएको छ । यता राप्रपाका मन्त्रीहरुले गणतन्त्र र संधियताको विपषमा अविब्यक्ति दिएपछि प्रधानमन्त्री राप्रपाका मन्त्रीहरु संग चिढिएको वताईन्छ । राष्ट्रपति निर्वाचनमा माओवादीले काँग्रेसलाई मत दिन सक्ने आंकलन लगायतका अन्य कतिपय कारणले वर्तमान सत्ता गठवन्धनमा दराद आउने सक्ने कतिपयले विश्लेषण गर्न थालेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।