पोखरा फागुन १९,
नेकपा एमालेका नेताहरुको एक प्रतिनिधि मण्डल हिजो विहिवार राष्ट्रपतिका उमेद्धवार सुवासचन्द्र नेम्वाङलाई लिएर नेकपा एकिकृत समाजवादीको आलोक नगर स्थित केन्द्रिय कार्यालयमा पुग्यो । पार्टिको अस्तित्वनै स्वीकार नगरेको नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई एमाले अध्यक्ष केपि शर्मा आलीले यस विचमा दुई दुई पटक भेटिसकेका छन् । एमाले अध्यक्ष ओलीको अनुरोधमा भेटको समय र स्थान तय भएको नेताहरुलेनै वताईसकेका छन् । उनले भेट मात्रै गरेनन् माधव नेपाललार्ई राष्ट्रपति वन्न अनुरोध गरे र पार्टि एकताको प्रस्ताव गरे । ७ दलीय गठवन्धन भत्काउन र ८ दलीय गठवन्धन निर्माण गर्न नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालको महत्वपूर्र्ण भूमिका भएको वुझ्दा वुझ्दै पनि एमाले अध्यक्ष अोली र एमाले नेताहरुले नेकपा एकिकृत समाजवादीसंग वार्ता र संवादलाई कायम गर्नुको पछाडि नेकपा एमाले नेकपा एकिकृत समाजवादी संग तिक्तता मेटाउन चाहान्छ भन्ने सन्देश दिएको छ ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल राष्ट्रपतिको उमेद्धवार वनेका काँग्रेसका रामचन्द्र पौडेको प्रस्तावक वनेको र एकिकृत समाजवादीले एमाले उमेद्धवारलार्ई कुनै पनि हालतमा मत नदिने थाहा पाउदा पाउदै पनि एमाले अध्यक्ष ओलीले नेकपा एकिकृत समाजवादीलाई पत्र लेखेर एमाले उमेद्धवार सुवास नेम्वाङलार्ई मत दिन आग्रह गरे । सञ्चार माद्यमवाट समाजवादीका अध्यक्ष नेपालले मत दिन नसकिने जवाफ फर्काए तर त्यसको भोलीपल्टै एमाले उपाध्यक्ष विष्णु पौडेल, राष्ट्रपतिका उमेद्धवार, सुवास नेम्वाङ, उप महासचिव पृथ्वी सुव्वा गुरुङ, नेताहरु रघुविर महासेठ र विमला राई पौड्याल नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेट्न आलोकनगर स्थित समाजवादीको मुख्यालयमा पुगे र अध्यक्ष नेपाल , उपाध्यक्ष प्रमेश हमाल, महासचिव वेदुराम भूषाल, उप महासचिव प्रकाश ज्वाला, जगन्नाथ खतिडा र रामचन्द्र राय लगायतका नेताहरुसंग भेटघाट गरे । मत माग्नु औपचारिकता निभाउनु भएपनि अन्य पार्टिहरु संग मत माग्न जानु जस्तो नेकपा एकिकृत समाजवादी संग मत माग्न जानु नेकपा एमालेका लागि त्यति सजिलो विषय थिएन । आफ्ने पार्टिवाट अलग्गीएर वनेको पार्टि नेकपा एकिकृत समाजवादीको नामै सुन्न नचाहाने, मुख कुल्ला गर्छु भन्ने, नामै लिन नचाहाने, समूह वा गुटको संज्ञा दिने एमालेको नेतृत्व एकाएक नरम हुनु र अन्य नेताहरु पनि अध्यक्ष नेपाल लगायतका अन्य नेताहरुसंग संवादमा रहिरहनुको पछाडि राष्ट्रपतिमा मत माग्ने औपचारिकता मात्रै नभएर नेकपा एकिकृत समाजवादीसंग मित्रताको हाल वढाउन खोजेको अर्थमा राजनितीक वित्तमा चर्चा हुन थालेको छ ।
अर्कोतिर नेकपा एकिकृत समाजवादी संग नरम वनेर गठवन्धन भत्काउने रणनिती पनि एमाले रहेको वुझ्न गाहे पर्दैन । नेकपा एकिकृत समाजवादी संग पार्टि एकता गर्ने ठूलो पार्टि वन्ने र गठवन्धनलाई भत्काउदै संविधानको धारा १६८को उपधारा ३ अनुसार ठूलो पार्टिको एकल सरकार वनाउने एमालेको चाहानाले पनि एकिकृत समाजवादीसंग एमाले नजिकिन खोजेको वुझ्न सकिन्छ ।
नेकपा एमाले सवैतिरवाट चेपुवामा पर्दै गएको छ । माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीवनाएको पनि दुई महिनामा गठवन्धन तोडेर हिडेका छन् । संघ सरकार लगायत सवै प्रदेश सरकारहरुवाट हात धुनु परेको पिडावाट एमाले गुज्रीरहेको छ । एमाले अध्यक्ष ओलीका कटु वचनहरुले गर्दा सवै तिर एमाले एक्लिएको छ त्यसैले एमाले नेतृत्वलाई पार्टि पंती भित्रवाटै विस्तारै दवाव वढ्दै गएको देखिन्छ । नेताहरु अष्ठ लक्ष्मी शाक्य, युवराज ज्ञावाली,विष्णु पौडेल, सुवास नेम्वाङ, पृथ्वी सुव्वा गुरुङ लगायतका नेताहरुको पंती नेकपा एकिकृत समाजवादीसंग एकता गर्ने पक्षमा देखिएको वताईन्छ त्यसैले विस्तारै नेकपा एकिकृत समाजवादीसंग समन्ध सुधार गरेर पार्टि एकताको वातावरण वनाउन एमालेका केही नेताहरु चाहिरहेका छन् । यसो त केही दिन अगाडि दुई अध्यक्ष विच भएको ४ घण्टा लामो वार्ता पनि सौहार्द रुपमा भएको नेताहरुलेनै वताएका छन् । एमाले नेताहरुको भेटको विषयमा एकिकृत समाजवादीका नेताहरुले पनि सकारात्मक प्रतिक्रिया दिने गरेको कारण पनि दुई पार्टि विचको तिक्तता पूर्ण सम्वन्धमा सुधार हुन खोजेको देखिएको छ ।