पोखरा, वैशाख १५,
नेकपा एकिकृत समाजवादी निकट पत्रकारहरुको संस्था समाजावदी प्रेस संगठनको प्रथम महाधिवेसन आगामी जेष्ठ २६ र २७ गते काठमाण्डौमा सम्पन्न हुने भएको छ । सो संगठनको विहिवार काठमाण्डौमा वसेको सचिवालय वैठकले संगठनको महाधिवेसनको मिति तय गरेको हो । वैठकले अध्यक्ष शम्भु श्रेष्ठको संयोजकत्वमा महाधिवेसन मुल ब्यवस्थापन समिति, महासचिव भुपराज खड्कको संयोजकत्वमा प्रतिवेदन लेखन समिति, कोषाध्यक्ष कृष्णराज गौतमको संयोजकत्वमा आर्थिक प्रवन्ध समिति र उपाध्यक्ष भवानी कार्कीको संयोजकत्वमा अतिथि सत्कार समिति गठन गरेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए । साथै वैठकले बैशाख महिनाको अन्त्यसम्म सदस्यता अध्यावधि गरिसक्न जिल्ला शाखाहरुलाई निर्देशन समेत दिएको छ ।