पोखरा जेष्ठ २९,
मुलकभरीका ब्यवसायीक तथा श्रमजिवी पत्रकारहरुको संस्था समाजवादी प्रेस संगठन नेपालको प्रथम राष्ट्रिय महाधिवेसन सम्पन्न भएको छ । जेष्ठ २६ र २७ गते दुई दिन सम्म सञ्चालन भएको महाधिवेसनवाट अध्यक्षमा विश्वमणी सुवेदी निर्वाचित भएका छन् । सुवेदीले प्रतिष्प्रर्धि भूपराज खड्कालार्ई २८ मतान्तरले पराजित गरे । सुवेदीले १४७ मत प्राप्त गरे भने खड्काले ११९ मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का प्रतिष्प्रर्धि राघव साहले भने जम्मा १५ मत प्राप्त गरे । संगठनको वरिष्ठ उपाध्यक्षमा नवराज छत्कुली निर्वाचित भए । छत्कुलीले १५० मत प्रप्त गरे । उनले प्रतिष्प्रर्धि राजेन्द्र कुंवरलाई पराजित गरेका थिए । त्यसै गरि महिला उपाध्यक्षमा अस्मिता गिरी १७१ मत सहित निर्वाचित भएकी छन् । उनले प्रतिष्प्रर्धि उर्मिला कुंवरलाई पराजित गरिन् । कुंवरले ९० मत प्राप्त गरिन् । समावेसी उपाध्यक्षमा वुद्धविर राई निर्वाचित भए । महासचिवमा रामकुमार एलन १३९ मत ल्याउदै निर्वाचित भएका छन् उनका प्रतिष्प्रर्धि ह्दय भूषालले १३० मत प्राप्त गरे । भौगोलिक उपाध्यक्षमा कोशीवाट तीर्थराज सिग्देल,मधेशवाट सुभाषप्रसाद साह,वाग्मतीवाट ध्रुव रायमाझी उपत्याकावाट कृष्णराज गौतम, प्रतिष्ष्ठानवाट तेजप्रसाद वाग्ले, गण्डकीवाट श्रीराम सिग्देल,लुम्विनीवाट शंकरप्रसाद पाण्डेय , कर्णलीवाट अनन्त बराल र सुदुर पश्चिमवाट नरेन्द्र भट्ट निर्वाचित भएका छन् ।
त्यसैगरि उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढामगर र लेखनाथ सिकारु निर्वाचित भएका छन् । सचिव खुलामा शिवप्रसाद ढुंगाना ,अनिल शाही र पूर्णबहादुर कार्की निर्वाचित भए भने सचिवहरुमा महिलातर्फ क्रान्ति न्यौपाने ,दलिततर्फ प्रदीप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएका छन् । अध्यक्षमा सर्व सम्मतको प्रयास असफल भएपछि वरिष्ठ उपाध्यक्ष सुवेदी, महासचिव खड्का र साहका विच निर्वाचन भएको थियो । साथै महाधिवेसनले १३० सदस्यीय केन्द्रिय समिति समेत सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । यस अधि महाधिवेसनको उद्धघाटन नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले गरेका थिए । उद्धघाटन कार्यक्रममा नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवं बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र प्रसाल पाण्डे, उप महासचिवहरु डा. विजय पौडेल, जगन्नाथ खतिवडा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, प्रेस सेन्टर का अध्यक्ष विष्णु सापकोटा, फोनिजका अध्यक्ष गर्जुरधन राई लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए । संगठनका अध्यक्ष शम्भु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष विश्वमणी सुवेदी र सञ्चालन महासचिव भूपराज खड्काले गरेका थिए । कार्यक्रममा ३० वर्ष भन्दा वढि पत्रकारिता गरेका अग्रज पत्रकारहरुलाई सम्मान गरिएको थियो । महाधिवेसनमा मुलकभरीका करिव ४०० प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।