पोखरा पौष १८,
पूर्व मन्त्री तथा नेकपा एकिकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले मुलुकको हरेक क्षेत्रमा नकारात्मक वजारिकरण भएको वताएकी छन् । नकारात्मक कुराले घर गरेका कारण प्राप्त उपलव्धीहरु माथि प्रश्न उठ्न थालेको झाँक्रीले वताईन् । नेकपा एकिकृत समाजवादी कास्कीले हिजो पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वोल्दै पूर्व मन्त्री भाँक्रीले हिजो लोकतन्त्र, मानवअधिकार, र सिष्टमका लागि लडेका पुराना राजनितीक दल र नेताहरु प्रति प्रश्न उठ्न थालेकाले राजनितीक दलका कार्यकर्ताहरु पनि हो मा हो मिलाएर नकारात्मता तर्फ नलागि जिम्वेवार हुनुपर्ने वताईन् ।
राजनितीलाई आज शान सौकतको रुपमा हेर्ने गरिएको छ, केही पाउनका लागि राजनितीलाई प्रयोग गरिएको छ , राजनितीलाई असाध्यै सजिलो वस्तु वनाईएको भन्दै झाँक्रीले हिजो परिवर्तका लागि, निरकंशुताका लागि र केही पाउनका लागि नभई गुमाउनका लागि तयार भएर लागेकहरुका विचको भेद छुट्याउन जरुरी रहेको वताईन् । २०४६ सालको परिवर्तन पछि , २०६२÷०६३ सालको परिवर्तन पछि र २०७९ सालको निर्वाचन पछि राजनितीमा लगेकाहरु र निरकंश पञ्चायति व्यवस्था विरुद्धको आन्दोलनमा लागेकाहरुलाई एकै ठाँउमा राखेर मूल्याङ्कन गर्न थालिएको, अग्रजहरुको हुर्मत लिन थालिएको भन्दै झाँक्रीले यसले समाजलाई अझै नकारात्मकता तर्फ लैजाने खतरा रहेकाले प्रत्येक नागरिकमा जिम्वेवारिताको खाँचो रहेको वताईन् । जस्ता मानिसहरु पनि राजनितीमा आएको र तिनीहरुकै पछाडि मानिस दौडिरहेको देख्दा अचम्व लागेको वताईन् ।
विश्वको ठूलो प्रजातान्त्रिक मूलुक अमेरिकामा प्रणालीका वारेमा प्रश्न छैन र भन्दै झाँक्रीले उनिहरुले के वोल्ने, कति सम्म वोल्ने, कहाँ वोल्ने भन्ने मानक वनाएका छन् तर हाम्रोमा मानक नै नभएकाले यस्तो अवस्था आएको वताईन् । धेरै मानिसहरुले भने भनेर गलत कुराको पछाडि लाग्ने प्रवृति मौलाउदै गएको वताउदै त्यसलाई राजनितीक नेतृत्वले चिरेर अगाडि वढ्नुपर्ने झाँक्रीले वताईन् । नेकपा एमालेका नेताहरुसंग आफु संवादमै रहेको वताउदै झाँक्रीले कसै संग पनि कटुतापूर्ण व्यवाहार गर्ने पक्षमा आफु नरहेको वताईन् । आफु एमालेको चियापान कार्यक्रममा गएको त्यस भन्दा अगाडि सुवासचन्द्र नेम्वाङको अन्तेष्ठीको वेला पनि गएको वताईन् । आफु एक्लै एमालेमा जाने कुरामा कुनै सत्यता नभएको उनले वताईन् । समाजवादी मोर्चाको कुनै पनि औचित्य नभएको वताउदै समाजवादीले नेकपा माओवादी संग पार्टि एकिकरण गर्ने हो भने ७० प्रतिशत कार्यकर्ता एमालेमा जाने ठोकुवा गरिन् । उक्त कुरा पार्टि अध्यक्ष नेपाल र माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीलाई समेत आफुले भनेको उनले सुनाईन् । नेपालका कम्युनिष्ट पार्टिहरुका विचको एकताका लागि एमाले अध्यक्ष ओली सुध्रनु पर्ने वताएकी झाँक्रीले नेकपा एमाले र एकिकृत समाजवादीका विचमा एकिकरणको संभावना रहेको वताईन् । नेताहरु तयार हुने हो भने असम्भव छैन । उनले थपिन् हाम्रो सवै चिज त्यही त छ । नेकपा एकिकृत समाजवादीका कास्कीका अध्यक्ष खड्ग हमालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पूर्ण लामाले पनि वोलेका थिए ।