पोखरा मंसीर ६,
हाल सम्मको समानुपातिक तर्फको मत परिणममा नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगमा प्रविष्ट भएको तथ्याङ्क अनुसार नेकपा एमालेले समानुपातिक तर्फ ५७ हजार १ सय १६ मत प्राप्त गरेको छ । त्यसै गरि नेपाली काँग्रेस दोस्रोमा रहेको छ । उसले ५१ हजार १ सय ८१ मत प्रप्त गरेको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टि भएको छ । उसले २५ हजार ५ सय ६९ मत प्राप्त गरेको छ । समानूपाितक तर्फ हाल सम्म गणना भएको मत मध्ये नेकपा माओवादी केन्द्रले २२ हजार २ सय ५४, राप्रपाले १२हजार ६ सय १६, जनमत पार्टिले ४ हजार ४ सय ९२, नेमकिपाले ४ हजार १ सय ४७ जनता समाजवादी पार्टिले ३हजार ९ सय ४६ नेकपा एकिकृत समाजवादीले २ हजार ५ सय ९१, लोसपाले २ हजार ७३ र अन्यले १० हजार ५ सय १९ मत प्रप्त गरेका छन् ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।