पोखरा फागुन ४,
प्रहरीले पोखराको नयाँवजारवाट सरकारी छाप, संघं संस्थाका छाप लुकाएर राख्ने ३ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं.९ नयाँबजारमा रहेको द्यगिभ ज्यmभ म्éअयच नाम गरेको पसलमा बिभिन्न सरकारी कार्यालयका छापहरु, वडा कार्यालयहरु समेतका छापहरु तथा जंगली जनाबर जरायोको सिङ समेत लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा यही फागुन २ गते राती ८ वजेको समयमा वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले सो पशलवाट उनिहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिए । यसरी पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नं १९ पुरनचौर घर भई हाल नयाँबजार बस्ने बर्ष २८ को सलिश बास्तोला, पोखरा ९ चिफ्लेढुंगा बस्ने वर्ष २५ को सुजन गिरी र पोखरा चिप्लेढुङ्गा बस्ने वर्ष २९ विवेक श्रेष्ठ रहेका छन् । उक्त पशलवाट विभिन्न सरकारी कार्यालयका छाप, वडा कार्यालयका छाप, संघ संस्थाका छाप तथा विभिन्न व्यक्तिको नाममा रहेका छाप गरी २४ थान छापहरु र जरायोको जस्तो देखिने २ थान सिंङ सहित उक्त छापहरु बनाउन प्रयोग भएको १ थान मेसिन, कम्युटरको सिपियु र मनिटर १÷१ थान बरामद गरेको प्रहरीले जनाएको छ । उनिहरुलाई कास्की जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुरमा दिन १०म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको र वरामद भएको जरायोको जस्तो देखिने सिङ २ थान सिङ र पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा पठाईने समेत प्रहरीले जनाएको छ ।