कास्की क्षेत्र नं २ का प्रतिनिधि सभा उमेद्धवार श्रीनाथ वराल र प्रदेश सभा २का उमेद्धवार विन्दुकुमार थापाले आज वुधवार पोखरा १६ मा घरदैलो गरेका छन् । बिहान ८ वजे देखि नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता र समानुपातिक उमेद्धवारहरुलाई संगै लिएर वराल र थापाले घर दैलो गरेका थिए । घर दैलोका क्रममा नेकपा एककिकृत समाजवादीका स्थायी कमिटी सदस्य चुडामणि जंगली, केन्द्रिय सदस्य कृष्ण नेपाली, प्रदेश कमिटीका सदस्यहरु, लगायत समानुपातिक उमेद्धवारहरु सहभागि रहेका थिए । त्यसै गरि नेपाली काँग्रेसका नेता दुर्गा तिमिल्सीना, समानूपातिक तर्फका उमेद्धवार लक्ष्मी पाण्डे, लगायत नेता कार्यकर्ताहरु घरदैलो कार्यक्रममा सहभागि भएका थिए ।
घर दैलोका क्रममा प्रतिनिधि सभा सदस्य पदका उमेद्धवार तथा नेकपा एकिकृत समाजवादीका नेता श्रीनाथ वरालले आफुहरु विकास र संमृद्धिको एजेण्डा लिएर जनताका विचमा भोट मागिरहेको वताए । जनताका अधिकारहरु संविधानमा स्पष्टसंग लेखिएका छन् तिनलाई कार्यान्यवन गर्नका लागि अपुग एन कानूनहरु निर्माण गर्ने र जनताका अधिकार कार्यान्वन गर्न आफु त्यहा पुग्नु पर्ने वरालले वताए । आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका पछाडि परेका वर्ग समूदायलाई माथि उठाउन, दुर्गम क्षेलाई माथि उठाउन, गरीवीको रेखामुनी रहेका जन समूदमयलाई माथि उठाउन आफ्नो उमेद्धवारी भएको वरालले वताए । सरकारी शिक्षा र स्वास्थ्को अवस्था गएगुज्रेको छ त्यसलाई माथि उठाउनु छ । पोखरालाई पर्यटनको राजधानी वनाउने, शिक्षा र स्वास्थ्यको महत्वपूर्ण केन्द्र वनाउने,शहरीया गरिवहरुलाई गरिवीको रेखा भन्दा माथि उठाउने लगायतका महत्वपूर्ण काम गर्न आफुले जनतासंग मत मागेको वरालले वताए । यस क्षेत्रका अव्यवस्थित सुकुम्वासीहरुलार्ई लालपूर्जा वितरण गर्ने, युवाहरुलाई स्वरोजगार वनाउने र पोखराको शहरलाई अन्तराष्ट्रिय स्तरको शहरको रुपमा विकास गर्न आफु निर्वाचित भएमा पहल गर्ने वरालले वताए ।
त्यसै गरि घर दैलोका क्रममा त्यसै क्षेत्रका प्रदेश सभा २ का उमेद्धवार नेपाली काँग्रेसका नेता विन्दु कुमार थापाले आफु पहिला पनि यसै क्षेबको सांसद भएकाले प्रदेशको जग राख्ने काम गरेको , ६१ वटा महत्वपूर्ण एन कानून निर्माण गरिएको र अव प्रदेश लाई संमृद्ध वनाउने काममा आफु लाग्ने वताए । अवको आफ्नो लक्ष भनेको सुशासन कायम गर्दै संमृद्धि हाँसिल गर्नु रहेको थापाले वताए । यो प्रदेश लाई संमृद्ध वनाउने आधारहरु आफुहरुले तय गरेको भन्दै उर्जा, कृषि, रोजगार, उद्यमसिलताको विकास र स्वरोजगारको बिकासका लागि आफुहरु अगाडि वढ्ने थापाले वताए ।