पोखरा माघ २०,
सरकारले यसै वर्ष देखि असंगठित क्षेत्रमा काम गर्ने श्रमीकहरुलाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने निर्णय गरेको छ । यस भन्दा अगाडि संगठित क्षेत्रमा काम गर्ने कामदारहरुका लागि मात्रै लागु गरिएको यो योजना यसै आ. व. देखि कार्यान्यनमा आएको हो । यो कोषमा कसले कति रकम जम्मा गर्ने, त्यो रकम कहाँ कसले कति जम्मा गर्ने, र श्रमिकले त्यो रकम कहिले फिर्ता पाउने भन्ने विषयमा त्यस्ता असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरु र सरोकारवालाहरुका लागि नेकपा एकिकृत समाजवादी निकट एकिकृत नेपाल टे«ड युनियन महासंघ गण्डकी प्रदेश समितिको आयोजनामा सामाजिक सुरक्षा सम्वन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त प्रशिक्षण कार्यक्रमको आज पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले उद्धघाटन गरे । उद्धघाटनका अवसरमा मन्तव्य ब्यक्त गर्दै प्रमुख आचार्यले स्थायी जागिर भएकाहरुको त पेन्सन आउछ तर स्थायी जागिर नभएकाहरु तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरुका लागि जीवनको उत्तरार्धमा केही सघाउ पुगोस् भन्ने उद्धेश्यले सरकारले यो कार्यक्रम लागु गरेको वताए । काम लगाउने पक्ष , सरकार र स्वयम् काम गर्ने श्रमिकहरुको यसमा लगानी रहने प्रमुख आचार्यले वताए ।
कार्यक्रममा एकिकृत ट्रेड युनियन महासंघका अध्यक्ष विष्णु लम्सालले राज्यले लागु गरेको यो कार्यक्रम श्रमिकहरुको अधिकारको विषय भएकाले सवै क्षेत्रले गम्भिरतापूर्व लिएर लागु गर्नुपर्ने वताए । आफ्नो संगठनले लागु भएका र नभएका क्षेत्रहरुको अनुगमन गर्ने समेत लम्सालले वताए । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य कृष्ण नेपाली, कास्की जिल्ला कमिटीका उपाध्यक्ष पूर्ण लामा, विद्यार्थी नेता सन्तोष न्यौपाने, लगायतले मन्तव्य ब्यक्त गरेका थिए । कार्यक्रममा संगठनका अध्यक्ष विष्णु लम्साल, उप महासचिव सुर्य कुंवर र पोखरा महानगरपालिका सामाजिक सुरक्षा कोषका प्रमुख रमेश ढुङ्गेलले सामाजिक सुरक्षा कोषको वारेमा परिक्षण दिएका थिए ।
एकिकृत नेपाल टे«ड युनियन महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष तिल वहादुर बिक ( तिलक) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव हरिराम धितालले गरेका थिए । कार्यक्रममा १५० जना विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक तथा अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो । सो अवसरमा नेकपा एमाले निकट नेपाल स्वतन्त्र होटल युनियनका उपाध्यक्ष तथा होटल पोखरा ग्राण्डका संयोजक मनमोहन गायक सहित १५ जना एकिकृत नेपाल टे«ड युनियन महासंघमा प्रवेश गरेको अध्यक्ष विकले जानकारी दिए । कार्यक्रमकै अवसरमा मुक्तिलाल गुरुङको अध्यक्षतामा वन तथा निर्माण समिति कास्की गठन गरिएको समेत विकले जानकारी दिए ।