पोखरा, वैशाख २६,
श्री रतन पाण्डे माध्यमिक विद्यालय, पोखरा १३ आर्वाको ६६औ वार्षिकोत्सव, अभिभावक दिवस, पुरस्कार वितरण तथा नवनिर्मित विद्यालय भवनको उद्घाटन कार्यक्रम सोमवार सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले गरेका थिए । सो अवसरमा वोल्दै प्रमुख आचार्यले पोखरा महानगरपालिकाको अर्बौ रुपयाँ शिक्षा क्षेत्रमा लगानी गरेको तर सोचे अनुसारको प्रतिफल पाउन नसकेको वताए । महानगरले सामुदायिक बिध्यालयहरुमा दिंदै आएको खाजा खर्चमा बृद्धि गर्ने लगायतका काम गरिएको वताए । प्रमुख आचार्यले बिद्यालयको भौतिक संरचनामा महानगरपालिकाले आवश्यकता अनुसार सहयोग गर्ने भन्दै शिक्षाको गुणस्तर उकास्न सबै लाग्नुपर्ने वताए । उनले अबको शिक्षा ब्यवसायीक, प्रतिस्पर्धात्मक तथा प्रविधिमैत्री हुनु पर्ने भन्दै सामुदायिक विद्यालयहरुको गुणस्तर कायम गर्न महानगरपालिका सबै खालका सहयोग गर्न तत्पर रहेको वताए ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादीका नेता तथा विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष श्रीनाथ वराल,पोखरा महानगरपालिका वडानं १३का वडा अध्यक्ष किरण बराल,निवर्तमान वडा अध्यक्ष दर्शन लामा, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, छोरेपाटन उच्च मावि का प्राचार्य डिल्लीराम भुषाल, कोन सहकारी का अध्यक्ष तिर्थ बहादुर बस्नेत लगायतका वक्ताहरुले रतनपाण्डे माविको शैक्षिक स्तर र विद्यालयले शैक्षीक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।
श्री रतन पाण्डे माध्यमिक विद्यालय ब्यवस्थापन समिति अध्यक्ष शरदचन्द्र बरालको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक डिल्लीराम बरालले बिध्यालयको वार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । शिक्षिका सावित्री कोईरालाले सञ्चालन गरेको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रामचन्द्र बरालले स्वागत गरेका थिए ।
कार्यक्रममा वर्ष उत्कृष्ट शिक्षक मिन के सी, वर्ष उत्कृष्ट बिद्यार्थी अभिषेक बराल, वर्ष उत्कृष्ट अभिभावक गीता बराल,वर्ष उत्कृष्ट कर्मचारी सरस्वती देवकोटा तथा दिर्घ सेवा सम्मानवाट शिक्षिका राधादेवी बराल र संगिता पोखरेल लाई पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरि बिध्यालयमा सहयोग गर्ने सहयोगदाता चन्दादाता, अक्षयकोषदाताहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा बिध्यार्थीहरुले विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।