पोखरा, वैशाख २१,
भोली वैशाख २२ गते वुद्ध पूर्णिमा अर्थाथ वुद्ध जयन्ती । वुद्ध जयन्तीको अवसरमा नेपाल सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ । प्रत्येक वर्ष वुद्ध जयन्तीको दिन सरकारले विदा दिने गर्दछ । भोली सार्वजनिक विदा भएता पनि जिल्ला प्रशासन कार्यालय कास्कीले भने नागरिकहरुलाई सार्वजनिक सेवा उपलव्ध गराउने भएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले आज एक सूचना प्रकाशित गरि नागरिकतता, राहदानी तथा राष्ट्रिय परिचय पत्र सम्वन्धि सेवा उपलव्ध गराउने जनाएको छ । जिल्ला प्रशासन कार्यालयले विदाको दिन पनि सार्वजनिक सेवा उपलव्ध गराउने भएपछि सामाजिक सञ्जालमा उक्त कामको प्रशंसा गरिएको छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।