पोखरा ,चैत्र २५,
पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोध बहादुर कार्कीले मापदण्ड मिचेर संरचना बनाए भत्काइदिने चेतावनी दिएका छन् । हवेली मार्ग हुदै मान्द्रेढुङ्गा जाने ढलान बाटोको शुक्रबार उद्याटन गदै अध्यक्ष कार्कीले कानुन विपरीत काम गरेमा खरो रुपमा उत्रने चेतावनी दिएका हुन् । आफु जनताको दुखःसुखमा साथै रहेको तर सार्वजनिक सम्पतीमा हुने हस्तक्षप र मिचाह प्रबृति आफुलार्य सैह्य नहुने कार्कीले वताए ।
भित्री सडक मर्मत र विस्तारका क्रममा सडक हडपेको पाइएकाले आफु डोजर लिएर आउने भन्दै त्यस्तोे अवस्था सृजना नगर्न कार्कीले आग्रह गरे । घर बनाउदा मापदण्ड मिच्ने, कम्पाउण्ड र गेट बनाउने गरेको भन्दै कार्कीले नक्सा पास गर्ने बेलामा कडाई गरिएको बताए । वडामा २५ करोड बरावरको बजेट भित्रीएको बताउदै अध्यक्ष कार्कीले कार्यान्वयनमा गएका योजना सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने बताए । १८० वटा भन्दा बढि योजनामा अहिले काम भईरहेको उनले जानकारी दिए । वडाध्यक्ष कार्कीले योजना नभएको कुनै पनि टोल नरहेको दाबी गरेका थिए । उपभोक्ता समितिले काम गर्दा गुणस्तरमा ध्यान दिन पनि उनले आग्रह गरे । कमसल काम भएको जानकारी भए कुनै पनि योजनाको सम्पन्नतामा हस्ताक्षर नगर्ने कार्कीले बताए ।
सो अवसरमा कालिका क्याम्पस अगाडीको हवेली मार्ग ढलानमा उपभोक्ता र वडाको सहलगानीमा बाटो ढलान गरिएको उपभोक्ता समितिका सचिव किरण अधिकारीले जानकारी दिए । वडाको २० लाख र उपभोक्ताले ३ लाख ५४ हजारको सह लगानीमा २०८ मिटर बाटो ढलान गरिएको अधिकारीले बताए । उपभोक्ता समितिका अध्यक्ष देव बहादुर कार्कीले हवेली मार्ग हुदैँ मान्द्रेढुङ्गासम्म जोड्ने सडक ढलानका लागि बजेटको व्यवस्था गर्न माग गरेका थिए ।