पोखरा माघ २५,
नेकपा एमाले नेतृत्वको सुदुर पश्चिम प्रदेश सरकार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको छ । आज सुदुर पश्चिम प्रदेश सभाको वैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विस्वासको मत लिने कार्यतालिका थियो । हिजो २९ औ दिनको दिन मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची भएतापनि सो प्रदेशमा निर्णयक मानिएको नागरिक उन्मसक्ति पार्टिले रावललाई विश्वासको मत दिन ईन्कार गरेपछि उक्त पार्टिलार्ई फकाउन सकिने आशामा प्रदेश सभा वैठक आजलाई सारिएको थियो नागरिक उन्मुक्ति पार्टिका सांसदहरुलार्य पकाउन एमाले अध्यक्ष केपि शर्मा ओली लगायतका नेताहरु लागेको भएपनि उक्त पार्टिलाई मनाउन सकेनन् । आज नागरिक उन्मुक्ति पार्टिका सांसदहरु प्रदेश सभामा अनुपस्थित भएपछि रावलले प्रदेश सभाको वैठकवाट विश्वासको मत पाउन सकेनन् । विश्वासको मत नपाएपछि रावल स्वतः पदमुक्त भएका छन् । सरकार वनेको ३० दिन भित्र विश्वासको मत लिन नसकेमा संविधानतः सरकार अल्पमतमा परेको र विश्वास गुमाएको मान्निछ ।
सत्ता गठवन्धनका दलहरु नेकपा एमाले माओवादी केन्द्र, जनता समाजवादी पार्टि, राष्ट्रिय प्रजातन्त्र पार्टि, जनमत पार्टि तथा नागरिक उन्मुक्ति पार्टिले ७ वटा प्रदेशमा मुख्यमन्त्री, सभामुख, ÷उप सभामुख लगायतका पदहरुमा भागवण्डा गरेका थिए । सोही अनुसार नेकपा एमालेले सुदुपश्चिम , प्रदेश नं १, गण्डकी र लुम्विनी प्रदेश सरकारको नेतृत्व लिएको थियो । नेकपा माओवादी केन्द्रले वाग्मती र कर्णाली लिएको थियो त्यसैगरि जनता समाजवादी पार्टिले मधेश प्रदेश र राप्रपाले सवै सरकारमा मनत्रीहरु लिदै वाग्मतीमा सभामुख लिएको थियो । आफ्नो पार्टिका संरक्षक रेशम चौधरी लगायतका राजवन्दीहरुको रिहाईको माग पुरा नभएसम्म संघ सरकारमा समेत सामेल नहुने अडानमा वसेको नागरिक उन्मुक्ति पार्टिले सुदुर पश्मि प्रदेश सरकार वन्ने वेलामा पनि रेशम चौधरी लगायतका राजवन्दी रिहाईको शर्त राखेको थियो तर १ महिना सम्म कुरेको उक्त पार्टिले आफ्ना माग पुरा हुने लक्षण नदेखेपछि एमाले नेतृत्वको सुदुर पश्चिम सरकारलाई समर्थन दिएन जसका कारण एमाले नेतृत्वको सुदुर पश्चिम सरकार ढलेको छ । अव उक्त प्रदेशमा संविधानको धारा १६८ को ३ वमोजिम प्रदेश सभामा सवै भन्दा ठूलो दल नेपाली काँग्रेसले सरकार वनाउने छ ।

तपाईंको प्रतिक्रिया दिनुहोस्

तपाईंको प्रतिक्रिया यहाँ लेख्नुहोस् ।
तपाईंको नाम यहाँ लेख्नुहोस् ।